शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

बजेटको आकार नबढाउन महासंघको सुझाव

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, जेठ २ २०८१
images
बजेटको आकार नबढाउन महासंघको सुझाव

लगानीको वातावरण बनाउनका लागि नीतिगत सुधार, कर तथा राजस्व नीतिमा परिमार्जन गर्न महासंघले सुझाव दिएको छ।

images
images

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघले सरकारलाई आगामी आर्थिक वर्षको बजेटको आकार धेरै नबढाउन सुझाव दिएको छ। 

images
images
images

बजेटका सम्बन्धमा अर्थमन्त्रीसँगको अन्तरक्रिया कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले बजेटको आकार धेरै नबढाउन सुझाव दिएका हुन्। 

images
images

स्रोतको समस्या भइरहेको समयमा सरकारले ठूलो बजेट ल्याउँदा आन्तरिक ऋण बढ्ने र जसले गर्दा निजी पुँजीमा संकुचन आउने उनको भनाइ छ। 

images
images

तुलनात्मक रुपमा किफायति र धेरै प्रतिफल दिने निजी क्षेत्रलाई समस्या सिर्जना हुनेगरी बजेट नबढाउन ढकालले आग्रह गरेका हुन्। 

मन्त्रीसँगको अन्तरक्रियामा महासंघले लिखित सुझाव दिएको छ। त्यस्तै सदस्यहरूले पनि सुझाव दिएका छन्। 

लगानीको वातावरण बनाउनका लागि नीतिगत सुधार, कर तथा राजस्व नीतिमा परिमार्जन गर्न महासंघले सुझाव दिएको छ। 

गुणस्तरीय सार्वजनिक खर्च बढाउनका लागि सरकारले विशेष पहल गर्नुपर्ने महासंघले सुझाव दिएको छ।


प्रकाशित : बुधबार, जेठ २ २०८११४:३२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend