शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

images
बुधबार, जेठ २ २०८१
images
विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काइयो

नयाँ बसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ।

images
images

काठमाडौं- टोखा नगरपालिकाले विष्णुमती करिडोर मिचेर निर्माण गरिएको संरचना भत्काउन सुरुवात गरेको छ।

images
images
images

टोखा-९ नयाँ बसपार्कस्थित विष्णुमती करिडोरमा निर्माण गरिएको सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्रको भवन नगरपालिकाले भत्काएको हो।

images
images

टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर विसीले टोखाभित्र सार्वजनिक जग्गा मिचेर निर्माण गरिएका संरचना हटाउने क्रमअन्तर्गत सामुदायिक सेवा केन्द्र नयाँबसपार्कको भवन भत्काइएको जानकारी दिए।

images
images

नगरपालिकाले नयाँ बसपार्क नजिक विष्णुमती करिडोरमा निर्माण गरिएका पसलसमेत हटाउन लागेको छ।

नयाँबसपार्क पुल नजिक बाँसबाट निर्माण गरिएका ८२ पसल हटाउन लागिएको नगरपालिकाले जनाएको छ।

यसअघि टोखाले मनोरथ तीर्थदेखि ग्राण्डी अस्पतालसम्म विष्णुमती किनारामा निर्माण गरिएका संरचना हटाएर करिडोर खोल्ने काम गरिसकेको छ। रासस


प्रकाशित : बुधबार, जेठ २ २०८११४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend