शनिबार, वैशाख ८ गते २०८१    
images
images

पोखरालाई हब बनाएर उडान विस्तार गर्दै बुद्ध एयर, दुई वर्षमा ६ जहाज खरिद गर्ने 

images
images
पोखरालाई हब बनाएर उडान विस्तार गर्दै बुद्ध एयर, दुई वर्षमा ६ जहाज खरिद गर्ने 

आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान विस्तार गर्ने भएको छ।

images
images

काठमाडौं- आन्तरिक उडानको सबैभन्दा ठूलो एयरलाइन्स बुद्ध एयरले आन्तरिक उडानमा पोखरालाई दोस्रो हब बनाएर उडान विस्तार गर्ने भएको छ। 

images
images
images

हाल काठमाडौंबाट नेपालका विभिन्न सहरमा उडान गर्दै आएको बुद्धले पछिल्लो समय पोखराबाट काठमाडौं बाहेकका अन्य सहरमा उडान सुरु गरेको थियो। 

images

अन्तर सहर उडान काठमाडौं बाहिर पोखराबाट व्यावसायिक उडानको सम्भावना देखिएपछि बुद्धले विस्तारलाई तीव्रता दिने भएको छ। 

images

बुद्ध अहिले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। अहिले पोखराबाट सुरु भएको उडानबाट एयरलाइन्स उत्साहित भएको छ। सुरुवाति अन्तर सहर उडानबाट अरू विमानस्थलबाट पनि उडान गर्न सकिने बारे सकारात्मक संकेत देखिएको  बुद्धका प्रबन्ध निर्देशक विरेन्द्रबहादुर वस्नेतले जानकारी दिए। 

images
images

‘अहिले हामीले उडान गरेका गन्तव्यको व्यापारबाट उत्साहित छौं। अहिलेका लागि पोखरलाई हब बनाइरहेका छौं। त्यस्तै अन्य विमानस्थलको पनि सम्भाव्यता खोजिरहेका छौँ’ उनले भने। 

तीन प्रकारका सिट क्षमताका जहाज भएको बुद्धले अहिले सबै जहाजबाट उडान गरिरहेको छ। ७२ सिट क्षमताका एटीआर-७२  ११ वटा,  १८ सिट क्षमता बिचक्राफ्ट २ वटा र ४७ सिट क्षमताका एटीआर-४२ जहाज छन्। यात्रुको माग अनुसार जहाजबाट उडान भइरहेको छ। 

पोखराबाट तत्काल दुई गन्तव्यमा उडान विस्तारको तयारीमा एयरलाइन्स रहेको छ। पोखराबाट विराटनगर र भद्रपुर उडान सुरु गर्ने तयारीमा बुद्ध  एयर रहेको छ। 

buddhaair2.jpg

देशभित्रको चलायनमानता बढेको र आर्थिक उपार्जन पनि बढ्दै गएपछि यात्रुहरु देशभित्रै घुम्ने गरेका छन्। पछिल्लो समयमा आन्तरिक पर्यटन बढ्दै गएको छ। नेपालीहरु एक सहरबाट अर्को सहरमा घुमफिरमा निस्किन थालेका छन्। योसँगै व्यापारिक कारणले पनि आन्तरिक चहपहल बढेको छ। 

यही बेला एयरलाइन्सहरुले भाडा सस्तो हुँदै आएको छ। पहुँचयोग्य भाडा भएपछि यात्रुहरु देशभित्रकै एक सहरबाट अर्को सहरमा जान थालेका छन्। पहिले काठमाडौंबाटमात्र हुने आन्तरिक उडान विकेन्द्रीकरण हुने देखिएको छ। यही अवसरलाई बुद्धले सदुपयोग गर्न खोजेको छ। 

बुद्धले सुरु गरेपछि अरु एयरलाइन्सले पनि उडान सुरु गर्न थालेका छन्। 

पोखराबाट क्षेत्रीय उडान सुरु गरेको बुद्धले यो बजारको सम्भावना देखेको छ। त्यसैले अरु सहरमा पनि अवसर खोजिरहेको छ। भैरहवाबाट पनि अरु सहरमा हुनसक्ने उडानको सम्भावना एयरलाइन्सले खोजिरहेको छ। 

भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि त्यहाँबाट पश्चिमका विमानस्थलमा आन्तरिक उडान हुनसक्ने सम्भावना छ। विभिन्न गन्तव्यमा सम्भावना हेरिरहेको देखिएको वस्नेतले जानकारी दिए। 

अन्तर सहरको हवाइ यात्रासँगै नेपाली एयरलाइन्स कम्पनीको व्यापार अझै प्रतिस्पर्धी हुँदै जाने उनको भनाइ छ। 

२ वर्षमा ६ जहाज खरिद गर्ने योजना

बुद्ध एयर नेपालको आन्तरिक हवाइ उडानको सबैभन्दा ठूलो एयरलाइन्स कम्पनी हो। यसले कूल हवाइ यात्रुमध्ये ५० प्रतिशतभन्दा बढी एक्लै बोक्छ। आधा बजार हिस्सा बोकेको बुद्धसँग अहिले १५ वटा जहाज छन्। 

बुद्धसँग अहिले ९ हजार सिट छन्। अबको २ वर्षमा बुद्धले यसको विस्तार गर्ने भएको छ। सन् २०२३ सम्म बुद्धले १५ हजार सिट पुर्‍याउने लक्ष्य लिएको छ। 

‘अहिले चारवटा एटीआर-७२ जहाज खरिदको टुंगो लागिसकेको छ। सेड्युल अनुसार ती जहाज आउँछन्। त्यसपछि सन् २०२३ सम्म कूल ६ जहाज थप गर्ने योजना बनाएका छौं’ वस्नेतले भने। 

प्रतिसिट सय रुपैयाँ नाफा हुँदासम्म जहाज थप गर्ने बुद्धको योजना छ। 

buddhaair.jpg

थप जहाज खरिद गर्दा बुद्धले अब ७२ सिट क्षमताका जहाजलाई केन्द्रमा राख्ने छ। यसरी जहाज थप गर्दा बुद्धसँग अहिले भएका ४७ सिट क्षमताका एटीआर-४२ र बिचक्राफ्ट जहाज भने  विस्थापित हुँदै जानेछन्। 

बुद्धले हाल काठमाडौंबाट भद्रपुर,विराटनगर, तुम्लिङटार राजविराज, जनकपुर, सिमरा, भरतपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, सुर्खेत र धनगढी उडान गर्दै आएको छ। त्यस्तै क्षेत्रीय रुपमा विराटनगरबाट तुम्लिङटार उडान गरिरहेको बुद्धले पोखराबाट भरतपुर,भैरहवा, सिमरा, र नेपालगञ्ज उडान गरिरहेको छ। बुद्धले कूल काठमाडौं बाहेक १२ गन्तव्यमा उडान गरिरहेको छ। 

भारतको वराणासी र माउन्टेन उडान पनि बुद्धले सञ्चालन गरिरहेको छ। आन्तरिक उडानसँगै निकट भविष्यमै दुर्गम क्षेत्रमा पनि उडान सुरु  गर्ने बुद्धले तयारी छ।

images

प्रकाशित : बुधबार, पुस ७ २०७८०४:३८

प्रतिक्रिया दिनुहोस