शनिबार, साउन १२ गते २०८१    
images
images
images

सहकारीको विषय पेचिलो बनिरहँदा बाहिरियो रवि समूहले बैंक ठगेको तथ्य, ६२ लाख फिर्ता गर्न आलटाल

images
बुधबार, जेठ २ २०८१
images
images
सहकारीको विषय पेचिलो बनिरहँदा बाहिरियो रवि समूहले बैंक ठगेको तथ्य, ६२ लाख फिर्ता गर्न आलटाल

तत्कालीन समयमा ग्यालेक्सी फोर के टीभीमा हालका गृहमन्त्री रवि लामिछाने सञ्चालक रहेका थिए। उनको सेयर पछि छविराज जोशीले किनेका हुन्। अहिले ग्यालेक्सीमा जीबी राई अध्यक्ष र छविराज जोशी सञ्चालक छन्।

images

काठमाडौं- सहकारी ठगी प्रकरणमा परेका गृहमन्त्री रवि लामिछाने समूहले हिमालयन बैंकबाट एक कार्यक्रमका लागि लिएको ६२ लाख रुपैयाँसमेत 'पचाउन खोजेको' फेला परेको छ। 

images
images

‘को बन्छ करोडपति’ नामक कार्यक्रमको दोस्रो श्रृंखलाका लागि भनेर पेश्किबापत लगेको रकम फिर्ता नदिएको भन्दै हिमालयन बैंकले गोरखा मिडिया नेटवर्क प्रालि र त्यसअन्तर्गत सञ्चालित ग्यालेक्सी फोर के टीभीका सञ्चालक समितिविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।  

images

कार्यक्रम उत्पादन र प्रसारणका लागि पेश्कि रकम भुक्तानी गरेको तर ग्यालेक्सी टेलिभिजनले कार्यक्रम उत्पादन नगरेको भन्दै बैंकले करार सम्झाैताबमोजिम रकम फिर्ता हुनुपर्ने माग गरेको छ। रजिस्ट्रेसन नम्बर ३९-०८०-३५४५० रहेको मुद्दा नम्बर ०८०-सीपी-७८७२ को ‘करार बमोजिम रकम दिलाइ भराइ पाउँ’ भन्ने फिरादपत्र हिमालयन बैंकले जिल्ला अदालतमा दर्ता गरेको हो।

अहिले हिमालयन बैंकमा गाभिएको तत्कालीन सिभिल बैंक र गोर्खा मिडियाबीच २०७८ माघ २८ गते 'को बन्छ करोडपति' कार्यक्रमको मुख्य प्रायोजक सिभिल बैंक रहने र त्यसबापत बैंकले १ करोड २४ लाख ३० हजार रुपैयाँ भुक्तानी गर्ने सम्झौता भएको देखिन्छ। जसमा कम्पनिका तत्कालीन क्रियटिभ डाइरेक्टर विपिनकुमार आचार्य र अपरेशन हेड पुष्पराज गिरीले हस्ताक्षर गरेका छन्। आचार्य राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले सहमहामन्त्री छन्। 

images

कार्यक्रम ५२ भागमा प्रसारण हुने र १२ भाग प्रसारण भएपछि थप २५ प्रतिशत  रकम पाउने सम्झौता भएको देखिन्छ। साथै ४४ भाग प्रसारण भएपछि पूरा रकम १ करोड २४ लाख ३० हजार भुक्तानी हुने उल्लेख भएको देखिन्छ। तर कार्यक्रम पनि नगरेको र सुरुमा पेश्कीबापत लगेको ६२ लाख १५ हजार रुपैयाँसमेत फिर्ता नगरेको बैंकको जिकिर छ। 

कार्यक्रम गर्ने भनेर लगेको पैसा कार्यक्रम पनि नगरी फिर्ता नगरेपछि पटक-पटक ताकेता गर्दै कानूनी बाटोमा गएको हिमालयन बैंकका कानूनी विभागका प्रमुख श्याम खत्रीले बताएका छन्। 

तत्कालीन समयमा ग्यालेक्सी फोर के टीभीमा हालका गृहमन्त्री रवि लामिछाने सञ्चालक रहेका थिए। उनको सेयर पछि छविराज जोशीले किनेका हुन्। अहिले ग्यालेक्सीमा जीबी राई अध्यक्ष र छविराज जोशी सञ्चालक छन्।

उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेको नाम जोडिएको सहकारीको बचत अपचलनको विषय अहिले निकै पेचिलो बनिरहेको छ। यस सम्बन्धमा छानबीन समिति नबन्दासम्म संसद बैठक चल्न नदिने प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अडान राखिरहेको छ। यस्तोमा उही समूहमार्फत बैंकको रकमसमेत पचाउन खोजिएको तथ्य बाहिरिएको हो।


प्रकाशित : बुधबार, जेठ २ २०८११४:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend