शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

प्राइम सहकारीको एक अर्ब ५४ करोड हिनामिना प्रकरणमा संस्थाका अध्यक्षसहित ८ जना पक्राउ

images
बुधबार, जेठ २ २०८१
images
प्राइम सहकारीको एक अर्ब ५४ करोड हिनामिना प्रकरणमा संस्थाका अध्यक्षसहित ८ जना पक्राउ

पोखरामा रहेको प्राइम सहकारीको एक अर्ब ५४ करोड हिनामिना प्रकरणमा प्रहरीले ८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

images
images

काठमाडौं- पोखराको गैह्रापाटनस्थित प्राइम सहकारी ठगी प्रकरणमा ८ जना पक्राउ परेका छन्।

images
images
images

सहकारी ठगीको आरोपमा प्रहरीले पोखरा बस्ने संस्थाका पूर्वअध्यक्ष ६६ वर्षीय निदेश प्रसाद कोइराला, अध्यक्ष ४३ वर्षीय शंकर कार्की, व्यवस्थापक ३६ वर्षीया निरू थापा केसी, कर्मचारी प्रमुख ३७ वर्षीय सुरेन्द्र मणी पौडेललाई पक्राउ गरेको हो।

images
images

यस्तै कानूनी सल्लाहकार ५३ वर्षीय ईन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष ५२ वर्षीय कुलदिप भट्टराई, कर्जा अधिकृत ३० वर्षीय सुनिल थापा र सेयर सदस्य एवम् सल्लाहकार ६९ वर्षीय मान बहादुर गुरूङ पक्राउ परेका छन्।

images
images

उक्त सहकारी संस्थाका सञ्चालक समितिका पदाधिकारीहरूले कुल बिगो १ अर्ब ५४ करोड १५ लाख रकम अपचलन तथा हिनामिना गरेको भन्ने उजुरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रकाशित : बुधबार, जेठ २ २०८११३:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend