बुधबार, असार २५ गते २०८२    
बुधबार, असार २५ २०८२
images
images

१६ औँ योजना उत्पादन र रोजगारी बढाउने उद्देश्यसाथ तयार पारिएको छ : उपाध्यक्ष श्रेष्ठ

images
बुधबार, जेठ २ २०८१
images
images
१६ औँ योजना उत्पादन र रोजगारी बढाउने उद्देश्यसाथ तयार पारिएको छ : उपाध्यक्ष श्रेष्ठ

१५ औँ योजनाको तुलनामा कम महत्वाकांक्षी भएर विकास निर्माणको कामलाई फड्को मार्ने हिसाबमा १६ औँ योजना प्रस्तुत गरिएको उनको भनाइ छ।

images
images

काठमाडौं- राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले  सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) मा उत्पादन र रोजगारी बढाउने उद्देश्यसाथ तयार गरिएको बताएका छन्। 

images
images

'१६ औँ योजनाको मुख्य उद्देश्य उत्पादन र रोजगारी बढाउने रहेको छ। उत्पादन बढाएर व्यापारघाटा कम गर्ने सोच राखिएको छ', १६ औँ याेजनाका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष श्रेष्ठले भने।

images
images

१५ औँ योजनाको तुलनामा कम महत्वाकांक्षी भएर विकास निर्माणको कामलाई फड्को मार्ने हिसाबमा १६ औँ योजना प्रस्तुत गरिएको उनको भनाइ छ। 

images
images
images

५ वर्षमा औषत  ७.१ प्रतिशत आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएकोमा आगामी आर्थिक वर्ष ६ प्रतिशत हुने अनुमान गरिएको श्रेष्ठले बताए।

आर्थिक वर्ष २०८५/८६ सम्म नेपालको कूल गार्हस्थ्य उत्पादन १ सय ३ खर्बको पुर्‍याउने लक्ष्य राखिएको छ। यो वृद्धिदर हासिल गर्नका लागि लगानी तथा अन्य संरचनागत परिवर्तनलाई अनिवार्य सर्तका रुपमा अघि सारिएको छ। 

योजना अवधि समाप्त हुँदा नेपालीको प्रतिव्यक्ति आय २ हजार ३ सय ५१ डलर पुर्‍याउने, निरपेक्ष गरिबीलाई १२ प्रतिशतमा सीमित पार्ने लक्ष्य राखिएको छ। चालु आवमा नेपालको प्रतिव्यक्ति आय १ हजार ४ सय ५६ अमेरिकी डलर रहेको छ। त्यसैगरी अहिले निरपेक्ष गरिबीको रेखामुखी रहेको जनसङ्ख्या २० दशमलव ३ प्रतिशत रहेको छ।


प्रकाशित : बुधबार, जेठ २ २०८११२:२७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend