शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

राष्ट्रपतिको अनुरोधमा नीति तथा कार्यक्रममा परेका यी दुई कार्यक्रम

images
बुधबार, जेठ २ २०८१
images
राष्ट्रपतिको अनुरोधमा नीति तथा कार्यक्रममा परेका यी दुई कार्यक्रम

जसमा उच्‍च हिमशृङ्‍खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न 'राष्‍ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम' सञ्‍चालन गरिने उल्लेख छ।

images
images

काठमाडौं- आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलको अनुरोधमा दुई योजना परेका छन्। राष्ट्रपतिको अनुरोधमा दुई कार्यक्रमले नीति तथा कार्यक्रममा स्थान पाएको हो। 

images
images
images

जसमा आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घामा सबै नेपाली भाषाभाषीका मूर्धन्य स्रष्‍टाहरूको प्रतिमा र सप्‍तधामसहितको भानु साहित्य उद्यान निर्माण कार्यलाई तीव्रता दिइने उल्लेख छ। 

images
images

यस्तै जलवायु परिवर्तनका नकारात्मक असर न्यून गर्दै अनुकूलन क्षमता वृद्धि गरी उत्थानशीलता हासिल गरिने विषयसमेत राष्ट्रपतिको अनुरोधमा नीति तथा कार्यक्रममा परेको हो। जसमा उच्‍च हिमशृङ्‍खला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकीकृत र सन्तुलित रूपमा सम्बोधन गर्न 'राष्‍ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रम' सञ्‍चालन गरिने उल्लेख छ।

images
images

मंगलबार राष्ट्रपति पौडेलले संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए। 


प्रकाशित : बुधबार, जेठ २ २०८१११:५७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend