शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

१० क्षेत्रका ३० पेशामा काठमाडौं महानगरको निःशुल्क तालिम, ६८ हजार ८ सय ६६ जनाले दिए आवेदन

images
बुधबार, जेठ २ २०८१
images
images
१० क्षेत्रका ३० पेशामा काठमाडौं महानगरको निःशुल्क तालिम, ६८ हजार ८ सय ६६ जनाले दिए आवेदन

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने महानगरको लक्ष्य छ।

images
images

काठमाडौं- निःशुल्क सीपमूलक तालिम लिनका लागि काठमाडौं महानगरपालिकामा अहिलेसम्म ६८ हजार ८ सय ६६ जनाको आवेदन प्राप्त भएको महानगरले जनाएको छ।

images
images
images

‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ’ उपलब्ध गराउने लक्ष्यसहित काठमाडौं महानगरपालिकाले टुँडिखेलमा १० क्षेत्रका ३० वटा पेशासँग सम्बन्धित निःशुल्क तालिमका लागि ‘सीप मेला’ कार्यक्रमका लागि आवेदन आह्वान गरेको थियो। तालिमका कक्षाहरू गएको बैशाख १९ गतेदेखि चलिरहेका छन्।  

images

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत चालु आर्थिक वर्षमा १५ हजार व्यक्तिलाई निःशुल्क तालिम प्रदान गर्ने, यसरी तालिम लिएकामध्ये ५ हजार व्यक्तिलाई रोजगार वा स्वरोजगारमा आवद्ध गराउने महानगरको लक्ष्य छ। 

images

आवेदकहरुको संख्याका विषयमा जानकारी दिँदै सहरी योजना आयोगका सदस्य इञ्जिनियर शैलेन्द्र झा भन्छन्, ‘यस्ता आवेदकहरुलाई नाम थर, मोबाइल नम्बर, नागरिकता नम्बर, ठेगाना जस्ता सूचकका आधारमा एकजनालाई एउटै मात्र तालिमका लागि छान्छौँ। यसपछि सीप मेलाको तालिममा सहभागी गराउन आवेदन दिनुभएका तर त्यहाँ समावेश गर्न नसकिएका आवेदकलाई ‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ गौरव योजनाअन्तर्गत सञ्चालन भइरहेका तालिम कार्यक्रममा सहभागी गराउँछौँ। यो तालिम पनि निःशुल्क हो। यसमा १० क्षेत्रका ३५ भन्दा धेरै पेशासँग सम्बन्धित तालिम छन्।’

Honey Hunting myagdi.jpg

झाका अनुसार हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो। यसको विवरण अद्यावधिक भइरहेको छ। कार्यक्रम शुभारम्भका दिन (बैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठूलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो। त्यो एक दिनमा नै ४ हजार १ सय ८२ जनाले फाराम भरेका थिए। 

‘रोजगारी र आय वृद्धि, काठमाडौंको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिनुभएको छ। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिनुभयो। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिनुभएको थियो। बाँकीले अन्य विभिन्न विषयका आवेदन दिनुभएको थियो' उनले भने। 

Honey Hunting myagdi.jpg

‘शिक्षालाई सीपसँग’, ‘सीपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सीप नहुनेलाई सीपयुक्त बनाउनु, सीप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सीप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको महानगरले जनाएको छ। 

सीप मेलाको अन्तिम २ दिन रोजगार मेला हुनेछ। जसमा रोजगारदाताहरू स्टलमा रहने छन्। सम्बन्धित रोजगारदातासँग सम्बन्धित तालिम प्राप्त व्यक्तिहरू सम्पर्कमा गएर आफ्नो सीपका बारेमा बताउनेछन्। जहाँबाट रोजगारसमेत प्राप्त हुने छ।

Honey Hunting myagdi.jpg


प्रकाशित : बुधबार, जेठ २ २०८११०:५९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend