शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

निजामती सेवा कानून यथाशीघ्र कार्यान्वयनमा, सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड

images
मंगलबार, जेठ १ २०८१
images
निजामती सेवा कानून यथाशीघ्र कार्यान्वयनमा, सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड

नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाइ सेवाको लागत, समय र गुणस्तरमा सुधार गरिने नीति सरकारको छ। त्यसैगरी सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिने भएको छ।

images
images

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै संघीय निजामती सेवा कानून यथाशीघ्र कार्यान्वयनमा ल्याउने बताएका छन्।

images
images
images

निजामती प्रशासनलाई चुस्त, परिणाममुखी र व्यावसायिक बनाइने र प्रदेश निजामती सेवा तथा स्थानीय सेवालाई व्यवस्थित तुल्याइने नीति तथा कार्यक्रममा उल्लेख छ। तीन तहबीचको प्रशासनिक कार्यात्मक अन्तरसम्बन्ध सुदृढ तुल्याइ सेवा प्रवाहलाई थप सहज, सुलभ र सरल बनाइने सरकारको योजना छ। 

images
images

नीति तथा कार्यक्रममा भनिएको छ, 'सार्वजनिक सेवा प्रवाहलाई चुस्त र मितव्ययी बनाउन संगठन संरचनामा रहेका दोहोरोपन हटाउनुका साथै सूचना प्रविधिमा आधारित सरकारी एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागु गरिने छ।'

images
images

नागरिकले सेवा प्राप्त गर्दा हुने झन्झट हटाइ सेवाको लागत, समय र गुणस्तरमा सुधार गरिने नीति सरकारको छ। त्यसैगरी सरकारी सेवा प्रवाहमा टोकन र टाइम कार्ड प्रणाली लागु गरिने भएको छ। स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सरल र सहज रूपमा राहदानी सेवा उपलब्ध गराइने तथा समस्यामा परेका नेपालीको उद्धार, कानूनी सहायता तथा परामर्श र स्वदेश फिर्ती लगायतका कन्सुलर सेवा प्रभावकारी बनाइने सरकारको योजना रहेको छ।

राष्ट्रसेवक कर्मचारीको सेवा सुविधा समयानुकूल, आकर्षक, पूर्वानुमानयोग्य र समन्यायिक बनाइ राष्ट्र सेवकलाई व्यावसायिक, उत्प्रेरित र उच्च मनोबलयुक्त तुल्याइने नीति सरकारले लिएको छ। कर्मचारीलाई तालिम प्रदान गर्ने समान प्रकृतिका निकायलाई निश्चित मापदण्डका आधारमा पुनःसंरचना र एकीकरण गरी तालिमको प्रभावकारिता वृद्धि गर्ने र कर्मचारीसँग गरिने कार्यसम्पादन सम्झौतालाई वस्तुनिष्ठ र मापनयोग्य बनाइने सरकारको नीति छ। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११८:२४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend