शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

‘शिल्पी उद्यमशीलता विशेष कार्यक्रम’ सञ्चालन गरिने

images
मंगलबार, जेठ १ २०८१
images
‘शिल्पी उद्यमशीलता विशेष कार्यक्रम’ सञ्चालन गरिने

नीति तथा कार्यक्रममा दलित समुदायका रैथाने सीप, ज्ञान र पेसाको आधुनिकीकरणसहित रोजगारीको सुनिश्चित गरिने उल्लेख छ।

images
images

काठमाडौं- सरकारले दलित समुदायको परम्परागत सीप, ज्ञान र पेसालाई आधुनिकीकरण एवं व्यवसायिकीकरण गर्न सातवटै प्रदेशमा ‘शिल्पी उद्यमशीलता विशेष कार्यक्रम’ सञ्चालन गर्ने भएको छ।

images
images
images

संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा प्रस्तुत नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रममा मुस्लिम, पिछडिएका वर्ग र आदिवासी जनजातिको उत्थानका लागि विशेष कार्यक्रम कार्यान्वयन गरिने उल्लेख छ।

images
images

नीति तथा कार्यक्रममा दलित समुदायका रैथाने सीप, ज्ञान र पेसाको आधुनिकीकरणसहित रोजगारीको सुनिश्चित गरिने, रोजगार सुनिश्चित गर्न विद्यमान संरचनालाई एकीकृत गरी दलित, उपेक्षित, उत्पीडित वर्ग उत्थान तथा विकास प्राधिकरणको संस्थागत व्यवस्था गरिनेछ उल्लेख गरिएको छ। रासस

images
images


प्रकाशित : मंगलबार, जेठ १ २०८११८:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend