शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

जीडीपीको रिबेसिङ गर्दै सरकार

images
मंगलबार, जेठ १ २०८१
images
जीडीपीको रिबेसिङ गर्दै सरकार

रिबेसिङ गर्दा बजार मूल्यमा पनि उत्पादन तथा उपभोग, लगानीको मूल्यमा परिवर्तन आउने हुन्छ। यसअघिको रिबेसिङबाट जीडीपीको आकार बढेको थियो।

images
images

काठमाडौं- सरकारले जीडीपीको रिबेसिङ गर्ने भएको छ। आज संघीय संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम मार्फत् राष्ट्रिय लेखा मापणको आधार वर्ष परिवर्तन गर्ने घोषणा गरिएको छ। 

images
images
images

कुनै एक वर्षको तुलनामा अर्को वर्ष कूल गार्हस्थ उत्पादन कति बढ्यो भनेर मापण गर्नका लागि आधारभूत मूल्यमा हिसाब गरिन्छ। जस्तो २०६७/६८ सालमा कुनै १ युनिट वस्तु कति ५ रुपैयाँ उत्पादन मूल्य थियो भने अहिले हिसाब गर्दा पनि सो वस्तुको उत्पादन मूल्य सोही अवस्थामा गरिन्छ। 

images
images

वास्तविक तुलनाका लागि भन्दै आधारभूत मूल्यमै मापण गरिन्छ। त्यसैले राष्ट्रिय तथ्यांक कार्यालयले आधार वर्ष मानेर अघि जान्छ। अहिलेसम्म पाँचवटा आधार वर्ष भएका छन्। चालु वर्षसम्म सन् २०१०/११ लाई आधार वर्ष मानिएको छ। अहिले फेरि छैटौं पटक परिवर्तन गर्न खोजिएको छ। 

images
images

राष्ट्र संघीय तथ्यांक आयोगले प्रत्येक पाँच देखि दश वर्षको अन्तरालमा रिबेसिङ गर्न सुझाव दिएको छ। सोही आधार रिबेसिङको समय भएको तथ्यांक कार्यालयले बताएको छ। 

जनगणनासँगै धेरै नयाँ सर्वेक्षण भएको र यसबाट तथ्य बाहिर आएका कारण रिबेसिङ गर्नुपर्ने समय आएको राष्ट्रिय तथ्यांक कार्यालयले सुझाव दिएको छ। 

रिबेसिङ गर्दा बजार मूल्यमा पनि उत्पादन तथा उपभोग, लगानीको मूल्यमा परिवर्तन आउने हुन्छ। यसअघिको रिबेसिङबाट जीडीपीको आकार बढेको थियो। 

 


प्रकाशित : मंगलबार, जेठ १ २०८११८:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend