काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ मा प्रत्येक प्रदेशमा कम्तिमा एक हजार गाईभैँसी पाल्ने क्षमताका पूर्वाधार बनाउने भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै एक हजार गाईभैँसी पाल्ने क्षमताका पूर्वाधार बनाउने घोषणा गरेका हुन्।
तीन तहको सरकार र निजी क्षेत्रको सहकार्यमा गाईभैँसी पालनको पूर्वाधारसहितको स्रोत केन्द्र बनाउने घोषणा गरिएको छ।
सरकारले पशुपक्षीजन्य रोग नियन्त्रणका लागि अस्पताल निर्माणलाई पनि प्राथमिकतामा राखेको जनाएको छ।