काठमाडौं- सरकारले ९८ प्रतिशत जनताको घरमा बिजुली पुगेको घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्दै देशभरका ९८ प्रतिशत जनताको पहुँचमा बिजुली पुगेको बताएका हुन्।
नेपालमा हालसम्म २ हजार ९ सय ४० मेगावाट विद्युत् उत्पादन हुन थालेको उनले बताए।
आउने वर्षभित्र सबै जनताको पहुँचमा बिजुली पुर्याउने घोषणा समेत गरिएको छ।