शुक्रबार, मंसिर १४ गते २०८१    
images
images

१० महिनामा १० खर्ब ५६ अर्ब बजेट खर्च, राजस्व संकलन लक्ष्यको ५८ प्रतिशतमात्रै

images
मंगलबार, जेठ १ २०८१
images
images
१० महिनामा १० खर्ब ५६ अर्ब बजेट खर्च, राजस्व संकलन लक्ष्यको ५८ प्रतिशतमात्रै

चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा बैशाख मसान्तसम्ममा आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रूपैयाँ बराबर असुली भएको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको १० महिनामा सरकारको बजेट खर्च ६० प्रतिशत हाराहारी देखिएको छ।

images
images
images

महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार बैशाख मसान्तसम्ममा वार्षिक विनियोजनको ६० दशमलव ३५ प्रतिशत अर्थात् १० खर्ब ५६ अर्ब ८९ लाख २४ हजार रूपैयाँ बराबर खर्च भएको जनाएको छ।

images

सरकारले चालु आर्थिक वर्षका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँ बराबरको बजेट ल्याएको थियो। बैशाख मसान्तसम्ममा चालुगततर्फ वार्षिक विनियोजनको ६५ दशमलव ९१ प्रतिशत खर्च भएको छ।

images

चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रूपैयाँ बराबर वार्षिक विनियोजन भएकोमा हालसम्म सात खर्ब ५२ अर्ब ५५ करोड ७३ लाख रूपैयाँ बराबर खर्च भएको छ।

पुँजीगत शीर्षकमा तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख बराबर वार्षिक विनियोजन भएकोमा बैशाख मसान्तसम्म वार्षिक लक्ष्यको ३७ दशमलव ०४ प्रतिशत अर्थात् एक खर्ब ११ अर्ब ८८ करोड २९ हजार बराबर खर्च भएको छ।

त्यसैगरी, वित्तीय व्यवस्था शीर्षकमा ६२ दशमलव ६ प्रतिशत खर्च भएको छ। यो शीर्षकमा तीन खर्ब सात अर्ब ४५ करोड ३६ लाख बराबर विनियोजन भएकोमा बैशाख मसान्तसम्ममा एक खर्ब ९२ अर्ब ४५ लाख २२ हजार बराबर खर्च भएको हो।

सो अवधिको कुल सरकारी राजस्व संकलन वार्षिक लक्ष्यको ५८ दशमलव दुई प्रतिशत छ। चालु आवमा १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ रूपैयाँ बराबर राजस्व उठाउने लक्ष्य रहेकोमा बैशाख मसान्तसम्ममा आठ खर्ब ५७ अर्ब दुई करोड ८० लाख रूपैयाँ बराबर असुली भएको छ।

कर राजस्वतर्फ १३ खर्ब पाँच अर्ब ४७ करोड ९६ लाख बराबरको वार्षिक लक्ष्य रहेकोमा हालसम्म ५७ दशमलव २१ प्रतिशत अर्थात् सात खर्ब ४६ अर्ब ८३ करोड २८ लाख रूपैयाँ बराबर उठेको छ।

त्यस्तै, गैरकर राजस्वतर्फ एक खर्ब १७ अर्ब छ करोड २१ लाख रूपैयाँ बराबर लक्ष्य रहेकोमा ७२ दशमलव सात प्रतिशत अर्थात् ८५ अर्ब १० करोड चार लाख रूपैयाँ बराबर असुली भएको छ।

त्यस्तै, ४९ अर्ब ९४ करोड ३० लाख रूपैयाँ बराबर वैदेशिक अनुदान लिने सरकारी लक्ष्य रहेकोमा हालसम्म लक्ष्यको पाँच दशमलव ५२ प्रतिशत अर्थात् दुई अर्ब ७५ करोड ८० लाख रूपैयाँ बराबर अनुदान लिइएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११४:२१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend