शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

धितोपत्र व्यवसायीको कमिसन घट्यो

images
मंगलबार, जेठ १ २०८१
images
धितोपत्र व्यवसायीको कमिसन घट्यो

२० लाखभन्दा माथि एक करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ।

images
images

काठमाडौं- नेपाल धितोपत्र बोर्डले आजबाट लागु हुनेगरी धितोपत्र व्यवसायीको सेवाशुल्क (कमिसन) घटाएको छ। अर्थ मन्त्रालयको स्वीकृतिपछि कमिसन घटाइएको बोर्डले जनाएको छ।

images
images
images

'धितोपत्र व्यवसायी (धितोपत्र दलाल तथा धितोपत्र व्यापारी) नियमावली, २०६४ को नियम ४३ बमोजिम अनुसूची १४ मा रहेको धितोपत्र दलालीबापत लिनसक्ने सेवा शुल्क हेरफेरका लागि स्वीकृति प्रदान भइ आएकोमा उक्त हेरफेर २०८१ जेठ १ गतेदेखि लागु हुने निर्णय भएको छ', बोर्डले भनेको छ।

images
images

यसअघि ५० हजार रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ४० प्रतिशत सेवा शुल्क लिन पाउने व्यवस्था रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३६ प्रतिशत कायम गरिएको छ। त्यस्तै, ५० हजारदेखि पाँच करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३७ प्रतिशत सेवा शुल्क रहेकोमा त्यसलाई घटाएर शून्य दशमलव ३३ प्रतिशत कायम गरिएको छ।

images
images

बोर्डका अनुसार पाँच लाखदेखि २० लाख रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३४ प्रतिशत सेवा शुल्क लाग्दै आएको त्यसलाई शून्य दशमलव ३१ प्रतिशतमा झारिएको छ। २० लाखभन्दा माथि एक करोड रूपैयाँसम्मको कारोबारमा शून्य दशमलव ३० प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा त्यसलाई शून्य दशमलव २७ प्रतिशतमा झारिएको छ।

त्यसैगरी, एक करोड रूपैयाँभन्दा माथिको कारोबारमा शून्य दशमलव २७ प्रतिशत सेवा शुल्क लाग्दै आएकोमा शून्य दशमलव २४ प्रतिशतमा झारिएको धितोपत्र बोर्डले जनाएको छ। रासस


प्रकाशित : मंगलबार, जेठ १ २०८११४:०९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend