शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

images
मंगलबार, जेठ १ २०८१
images
फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्।

images
images

काठमाडौं- बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजदेखि सञ्चालनमा आएको छ।

images
images
images

यसको निर्माणमा कलात्मक थाम, निदाल र दलिनको प्रयोग गरिएको छ। यस्तै बस्नका लागि काठकै मेच राखिएका छन्। बिसौनीभित्र प्रकाशका लागि बत्ती जडान गरिएका छन्। 

images
images

फल्चा निर्माणमा स्थानीय सहभागिता भएकोले यसको संरक्षणका लागि स्थानीयवासीले निगरानी गर्नेछन्। स्थानीयहरुको निगरानीमा नगर प्रहरीले सहयोग गर्ने जानकारी दिइएको छ।

images
images

वडा सचिव सुवोध खड्काका अनुसार यस क्षेत्रमा उस्तै शैलीका २ वटा बस बिसौनी निर्माण भएका छन्।

बानेश्वरबाट बबरमहलतर्फ आउँदा सडक खण्डमा रहेको बिसौनी आजबाट सञ्चालनमा आएको हो भने बबरमहलबाट बानेश्वरतर्फको सडक खण्डमा रहेको बिसौनी आउँदो महिनाभित्र सञ्चालनमा आउनेछ।

यी दुईवटा फल्चाको लागत ६२ लाख रूपैयाँ रहेको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११३:४१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend