आइतबार, भदौ २३ गते २०८१    
images
images

बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक

images
मंगलबार, जेठ १ २०८१
images
images
बैंकिङ प्रणालीबाट १० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
images
images

काठमाडौं- बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले १० अर्ब रुपैयाँ प्रशोचन गर्न लागेको छ। निक्षेप संकलनको तुलनामा कर्जा लगानी कम भएपछि राष्ट्र बैंकले ७ दिने निक्षेप संकलन उपकरणमार्फत तरलता प्रशोचन गर्न लागेको हो।

images
images
images

उक्त उपकरणमा बैंक वित्तीय संस्थाले मंगलबार ३ बजेसम्म आवेदन दिन सक्ने छन्। हाल बैंक वित्तीय संस्था करिब ५ खर्ब ८० अर्ब रुपैयाँ लगानीयोग्य रकम रहेको छ। अधिक तरलता र न्यून कर्जा प्रवाहका कारण ब्याजदर निरन्तररुपमा घटिरहेको छ।

ब्याजदर घटेपनि कर्जा प्रवाह नभएपछि राष्ट्र बैंकले अल्पकालीन उपकरणहरूमार्फत बैंकिङ प्रणालीबाट तरलता खिचिरहेको छ। बैंकिङ प्रणालीमा अधिक तरलता भएको समयमा राष्ट्र बैंकले ७ दिने तथा १४ दिने अल्पकालीन उपकरणमार्फत तरलता प्रशोचन गर्छ।

तरलता कम भएको समयमा रिभर्स रिपोमार्फत प्रणालीमा तरलता पठाउने काम राष्ट्र बैंकले गर्दै आएको छ। प्रणालीमा तरलता बढी भएको पछिल्लो समय राष्ट्र बैंकले स्थायी निक्षेप सुविधा पनि दिइरहेको छ। तीन प्रतिशत निक्षेप संकलन दरमा स्थायी निक्षेप सुविधा दिएपनि बैंकहरूले अन्तर बैंकिङ कारोबारलाई नै प्राथमिकतामा राखेका छन्। 

images

राष्ट्र बैंकले बैंक वित्तीय संस्थाको निक्षेपमा ३ प्रतिशत ब्याज दिने बताइरहँदा बैंकहरू नै आपसमा २.५६ प्रतिशतमा अन्तर बैंकिङ कारोबार गरिरहेका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षामार्फत ब्याजदर कोरिडोरका सीमाहरू घटाउँदै अन्तरबैंकिङ ब्याजदर ३ प्रतिशतदेखि ५.५ सीमाभित्र कायम राख्ने नीति लिएपनि कर्जा प्रवाह नबढेकाले अन्तरबैंक ब्याजदर तीन प्रतिशतभन्दा तल आएको छ। 

अन्तरबैंक ब्याजदरलाई ३ प्रतिशत हाराहारीमै राख्नका लागि राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट थप १० अर्ब रुपैयाँ तरलता खिच्न लागेको हो।

राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो समीक्षामार्फत ब्याजदर कोरिडोरअन्तर्गतको माथिल्लो सीमा बैंकदर ७ प्रतिशत, नीतिगतदर ५.५ प्रतिशत र निक्षेप संकलनदर ३ प्रतिशत कायम गरेको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८१११:५१

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend