शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

संघीय संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने कांग्रेसको निर्णय

images
मंगलबार, जेठ १ २०८१
images
संघीय संसदमा राष्ट्रपतिलाई नीति तथा कार्यक्रम प्रस्तुत  गर्न दिने कांग्रेसको निर्णय
फाइल तस्बिर

संसदमा अवरोध गर्दै आएको कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई आज संसदमा नीति तथा कार्यक्रम पेश दिने निर्णय गरेको हो।

images
images

काठमाडौं- नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेस गर्न दिने भएको छ।

images
images
images

संसदमा अवरोध गर्दै आएको कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेललाई आज संसदमा नीति तथा कार्यक्रम पेश दिने निर्णय गरेको हो। आज बिहान बसेको संसदीय  दल कार्यसमिति बैठकले  बैठकले सो निर्णय गरेको हो।

images
images

नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिने तर त्यसमाथिको छलफल गर्न भने नदिने कांग्रेसले जनाएको छ।

images
images

आज दिउँसो तीन बजे बस्ने संघीय संसदको बैठकमा राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचन्ड’ ले नीति तथा कार्यक्रम पेश गर्न दिन आग्रह गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेतासँगको छलफलमा सहकारीको समस्या समाधान गर्न आफू सधै तयार रहेकोले नीति तथा कार्यक्रम पेश गर्न दिन आग्रह गरेका थिए। 

यता सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११०:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend