शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अझै अन्योलमा, सभामुख लगातार छलफलमा

images
मंगलबार, जेठ १ २०८१
images
आज राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गर्ने नीति तथा कार्यक्रम अझै अन्योलमा, सभामुख लगातार छलफलमा

अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ। नेपाली कांग्रेसको अवरोधका कारण अझै नीति तथा कार्यक्रम पेश हुने नहुने निश्चत हुन सकेको छैन।

images
images

काठमाडौं- आज राष्ट्रपति रामचन्द्र पौडेलबाट सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यसूची छ।

images
images
images

अपराह्न ३ बजे प्रस्तुत हुने उक्त कार्यक्रमको तयारीमा संसद् सचिवालय युद्धस्तरमा जुटेको छ। नेपाली कांग्रेसको अवरोधका कारण अझै नीति तथा कार्यक्रम पेश हुने-नहुने निश्चत हुन सकेको छैन।

images
images

प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचन्ड’ नीति तथा कार्यक्रम पेश गर्न दिन आग्रह गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस नेतासँगको छलफलमा सहकारीको समस्या समाधान गर्न आफू सधै तयार रहेकोले नीति तथा कार्यक्रम पेश गर्न दिन आग्रह गरेका थिए। तर कांग्रेसको केहीबेरमा संसदीय दलको बैठक आह्वान गरेको छ। नीति तथा कार्यक्रम पेश गर्न दिने नदिने विषयमा दलको बैठकपछि मात्रै धारणा सार्वजनिक गर्ने बताइएको छ। 

images
images

यता सभामुख देवराज घिमिरेले १२:३० बजे प्रमुख राजनीतिक दलका प्रमुख सचेतक र सचेतकसँग परामर्श गर्दै छन् भने १ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्। संसद् सचिवालयले सुरक्षा प्रबन्धलगायत साजसज्जाको तयारी पूरा गरेको जनाएको छ।

सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्का दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्परा छ। मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा, ९५ बमोजिम दुवै सदनको संयक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम निर्धारण  भएको कार्यसूची पनि संसद् सचिवालयले सार्वजनिक गरिसकेको छ।


प्रकाशित : मंगलबार, जेठ १ २०८११०:०६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend