बिहीबार , जेठ १० गते २०८१    
images
images

सट्टेबाजीमार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने पक्राउ

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, वैशाख ३१ २०८१
images
images
सट्टेबाजीमार्फत दुई अर्ब रुपैयाँभन्दा बढीको कारोबार गर्ने पक्राउ

'५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ।'

images
images

काठमाडौं- काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विश्वमा सञ्चालन हुने विभिन्न खेलहरुमा सट्टेबाजी गर्न प्रयोग हुने बेटिङ, वानएक्स बेट, जुवा ३६५ तथा क्रिफ्टोमार्फत दुई अर्ब एक करोड रुपैयाँभन्दा बढीको कारोबार गरेको अभियोगमा एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ।

images
images
images

पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक मण्डदेपुर नगरपालिका-८ घर भइ हाल भक्तपुर सूर्यबिनायक नगरपालिका-२ बस्ने २४ वर्षीय अनिल ढुङ्गाना रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले पत्रकार सम्मेलनमार्फत जानकारी दिए।

images

उनले भने 'ढुङगानाले ५५ वटा बैंक खातामार्फत उक्त कारोबार गरेको पाइएको र निजले वानएक्स बेट, जुवा ३६५ जस्ता अनलाइन बेटिङ वेबसाइटको प्रयोग गरी दुई अर्ब एक करोडभन्दा बढीको कारोबार गरेको खुलेको छ।' 

images
images

यसैगरी निजसँग विभिन्न व्यक्तिका नाममा रहेका मोबाइल नम्बरबाट ११ वटा कनेक्ट आईपीएस, १५ वटा ईसेवा वालेटमा लिंक गरिएका ५६ वटा बैंकमा हालसम्म दुई अर्ब एक करोड १८ लाख ४४ हजार कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट भेटिएको प्रहरी वरिष्ठ उपरीक्षक भट्टराईले बताए।

images
images

बिनान्समार्फत दुई वटा खाता प्रयोग गरेर विभिन्न दुई सय ४३ प्रकारका क्रिप्टोकरेन्सीमा हालसम्म नेपाली एक अर्ब ३४ करोड कारोबार गरेको भेटिएको जानकारी दिइएको थियो।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८१०३:१८
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend