शनिबार, जेठ ३ गते २०८२    
शनिबार, जेठ ३ २०८२
images
images

आय घट्दा पनि नाफा बढ्यो नेपाल टेलिकमको

images
सोमबार, वैशाख ३१ २०८१
images
आय घट्दा पनि नाफा बढ्यो नेपाल टेलिकमको

गत वर्षको तुलनामा ब्याजदर घट्दा कम्पनी ब्याज आम्दानीमात्र ५० करोड घटेको छ। त्यस्तै सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा घटेको छ।

images
images

काठमाडौं- चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपाल टेलिकमको कूल आम्दानी गत वर्षको तुलनामा घटेको छ। कम्पनीले सार्वजनिक गरेको लेखापरीक्षण नगरिएको वित्तीय विवरण अनुसार नौ महिनामा गत वर्षको तुलनामा ६ प्रतिशतले आम्दानी घटेको छ। 

images
images
images

कम्पनीले चालु वर्षको साउनदेखि चैतसम्म ३१ अर्ब २० करोड रुपैयाँ आम्दानी गरेको छ। यसमा सञ्चालन आम्दानी भने २५ अर्ब रहेको छ। ५ अर्ब २० करोड ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधीमा कम्पनीले ३३ अर्ब २० करोड आम्दानी गरेको छ। 

images
images

गत वर्षको तुलनामा ब्याजदर घट्दा कम्पनी ब्याज आम्दानीमात्र ५० करोड घटेको छ। त्यस्तै सञ्चालन आम्दानी पनि गत वर्षको तुलनामा घटेको छ। 

images
images

सञ्चालन आय तथा कूल आम्दानी घटेपनि चालु वर्षको नौ महिनामा कम्पनीको खुद नाफा भने बढेको छ। कम्पनीले यो अवधिमा ५ अर्ब ५९ करोड रुपैयाँ नाफा गरेको छ। यो गत वर्षको तुलनामा ३.३६ प्रतिशतले धेरै हो। 

कम्पनीको प्रति शेयर आम्दानी भने ४१.४४ रुपैयाँ रहेको छ।


प्रकाशित : सोमबार, वैशाख ३१ २०८११०:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend