आइतबार, भदौ २३ गते २०८१    
images
images

तनहुँ र गोरखाका सडक स्तरोन्नति

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
तनहुँ र गोरखाका सडक स्तरोन्नति

सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाइएको हो।

images
images

तनहुँ- तनहुँ र गोरखाका दुई जिल्लामा ‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत संघीय सरकारको बजेटमा ३० किलोमिटर सडकको स्तरोन्नति गरिएको छ। तनहुँको व्यास-१० बोटेटारबाट व्यास-८ रिस्तीखोलासम्म ६ दशमलव १३ किमी र आँबुनैरेनी-गोरखाबजारसम्म २४ किमी दूरीमा सडक स्तरोन्नति भएको हो। 

images
images
images

‘आवाधिक मर्मत कार्यक्रम’अन्तर्गत संघीय सरकारबाट चार/पाँच वर्षमा आउने बजेटबाट सडक स्तरोन्नति, नाला र कालोपत्रलगायत कार्य एकैसाथ गरिएको हो।

दुई जिल्लाका लागि एउटै प्याकेजमा टेण्डर भएपश्चात् काम अघि बढाइएको सडक डिभिजन कार्यालय तनहुँका सब-इञ्जिनियर दीपेन्द्र पन्थले जानकारी दिए। उनका अनुसार सडक साँघुरो र बढी सवारी चाप भएका स्थानलाई प्राथामिकतामा राखी सडकका दायाँबायाँ बिस्तार गरी सवारी आवतजावतमा सहज बनाइएको हो। 

गत माघमा निर्माण कम्पनी हिमाली कन्स्ट्रक्सन जेभीले सम्झौता गरी निर्माण प्रक्रिया अघि बढाएको थियो। विसं २०८१ असार मसान्तभित्र सम्पन्न गर्नेगरी भ्याटसहित आठ करोड १९ लाखमा सो कम्पनीले ठेक्का पाएको थियो। व्यास मार्गअन्तर्गत करिब ७५ प्रतिशत कार्य सम्पन्न भइसकेको निर्माण कम्पनीका सुपरभाइजर एवं इञ्जिनियर शैलेस तिमिल्सेनाले जानकारी दिए। उनका अनुसार सडक स्तरोन्नति कार्यपश्चात् दुईलेन सडकमा निर्वाधरुपमा सवारी गुड्न सहज भएको छ। 

images

'सडक किनारमा नाला भत्किएको स्थानमा मर्मतसम्भार गर्दै नभएको ठाउँमा नाला निर्माण गरिएको छ', इञ्जिनियर तिमिल्सेनाले भने, 'यस मार्गमा रोड मार्किङ र प्रिमिक्स कार्पेटका कार्य बाँकी रहेको छ, वर्षाका कारण नरोकिए समयभित्र काम सम्पन्न हुन्छ।' 

साथै आँबुखैरेनीको मस्र्याङ्दी नदीबाट गोरखाबजारसम्म निर्माण अन्तिम चरणमा पुगेको निर्माण कम्पनी गोरखा साइडका सुपरभाइजर कृष्णप्रसाद लालचनले जानकारी दिए। दुवै खण्डमा निर्माण तीव्र गतिमा भइरहेकाले सम्झौताअनुरुप काम सम्पन्न हुने अपेक्षा गरिएको डिभिजन सडक कार्यालय तनहुँले जनाएको छ।  रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११६:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend