आइतबार, भदौ २३ गते २०८१    
images
images

कर्णाली कोरिडोर : कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, वैशाख २८ २०८१
images
images
कर्णाली कोरिडोर : कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण

'निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्, बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन्।'

images
images

कालीकोट- कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका-८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन्। गत बैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण भएका हुन्। 

images
images
images

आठदेखि दश महिनाको अवधिमा करिडोरअन्तर्गत कालीकोटको खुलालुबाट हुम्लाको सलिसल्लासम्म १२३ किलोमिटरमा १६ पक्की पुल निर्माण सम्पन्न भएका खुलालु सलिसल्ला सडक आयोजना कार्यालयले जनाएको छ। 

उक्त खण्डमा साना तथा ठूला खोलामा गरी १६ वटा पक्की पुल निर्माण भएको खुलालु आयोजनाका प्रमुख वीरेन्द्र चन्दले बताए। 'गत बैशाखदेखि निर्माण सुरु भएको थियो', उनले भने, 'सबै पुल निर्माण गत कात्तिकमा सम्पन्न भए पनि बाँकी काम भने चैतमा सम्पन्न भएका छन्।'

सलिसल्लासम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएसँगै निर्माण सामग्री जुटाउन सहज भएकाले चाँडो काम सम्पन्न भएको प्रमुख चन्दले जानकारी दिए।

images

'निर्माण सम्पन्न भएका पुल खुलालुबाट बाजुराको कवाडीसम्म आठवटा छन्', उनले भने, 'बाजुराको कवाडीबाट हुम्लाको सलीसल्लासम्म आठवटा छन्।' 

सबै पुल छ मिटर चौडाइ र आठ मिटर लम्बाइका रहेका आयोजनाका प्रमुख चन्दले बताए। 'यी सबै पुल निर्माणका लागि भ्याटसहित कार्यालयले नौ करोड लागतमा बनाएको हो', उनले भने, 'पुल निर्माणसँगै बर्खायाममा बाढी पहिरो तथा खोलामा पानीको बहाव बढेपछि सडक अवरुद्ध हुने अवस्थाको अन्त्य भएको छ।' रासस


प्रकाशित : शुक्रबार, वैशाख २८ २०८११३:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend