आइतबार, जेठ ६ गते २०८१    
images
images

कोटिभिटीको मुद्दासँगै थप चार विषयमा हात हालेपछि राजस्व अनुसन्धानका महानिर्देशकको सरुवा

images
मंगलबार, वैशाख २५ २०८१
images
images
कोटिभिटीको मुद्दासँगै थप चार विषयमा हात हालेपछि राजस्व अनुसन्धानका महानिर्देशकको सरुवा

विशेषगरी कोटिभीटीको प्रकरणमा सरकारमाथि नै अमेरिकी दबाब सिर्जना भएको थियो। अमेरिकी प्रविधि कम्पनीमाथि करछलीको मुद्दा लागेपछि अमेरिकी सरकारका प्रतिनिधिले विशेष पैरवी गरेका थिए।

images
images

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २०८० असारमा राजस्व अनुन्धान विभागको महानिर्देशकमा नवराज ढुंगानालाई ल्याएका थिए। उनै ढुंगानालाई प्रधानमन्त्री दाहालले नै अस्वभाविक रुपमा साढे ११ महिनामै फेरि सरुवा गरेका छन्।

images
images
images

ढुंगानाको सरुवासँगै च्रक बुढालाई विभागको महानिर्देशक बनाइएको छ। ढुंगानको सरुवाको कारणका रुपमा विशेषत: कोटिभिटीविरुद्धको मुद्दालाई हेरिएको छ। ढुंगानाले कोटिभि‍टी नेपालको मुद्दामा आईटी सेवाको निर्यात भ्याटमा नजिर स्थापित हुन सक्ने भन्दै करछली अभियोगमा उच्च अदालत पाटनमा १० अर्ब ३६ करोड रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता गराएका थिए।

images

ढुंगानाले 'कोटिभिटी नेपाल'विरुद्ध दायर गरेको मुद्दामा विशेषत: तीनवटा प्रश्न उठाइएको थियो। सेयर स्वामित्व परिवर्तन, भ्याट छुट र व्यावसायिक प्रतिनिधिको विषय उठान गर्दै करछली भएको स्पष्ट हुने भन्दै मुद्दा दर्ता गराइएको थियो।

images
images

विभाग स्रोतका अनुसार कोटिभिटीको विषय ढुंगाना सरुवाको एउटा सामान्य कारणमात्र हो। 'ढुंगानाको सरुवामा सुपारी, पोस्तादाना तथा मरिचको विषय पनि जोडिएको छ,' स्रोतले भन्यो, 'विभागले सुक्खा बन्दरगाहामा आएर बसेको ५ अर्ब रुपैयाँ बराबरको सुपारी, पोस्तादाना र मरिच लिलामीमा बिक्री थालेको विषयमा अनुसन्धान सुरु गरेको थियो। यो विषयको अनुसन्धानले पनि ढुंगानालाई सरुवाको बाटो देखाएको हो।'

images
images

स्रोतका अनुसार अनुसन्धान विभागले पाँच अर्ब रुपैयाँ बराबरका यी सामान कसरी भन्सार घोषणा नगरी आइपुगे, एलसी कसरी खोलिएको छ र भन्सारलगायत सरोकारवाला निकायको कस्तो भूमिका रहेको छ भन्ने विषयसँगै करछलीमा अनुसन्धान सुरु गरेको थियो। अनुसन्धान सुरु भएसँगै बिचौलियाहरूले ढुंगानको सरुवामा लबिङ थालेका थिए।

पछिल्लो समय कोटिभिटीविरुद्धको मुद्दा दर्तासँगै यही कारण उनको सरुवा भएको शंका उपशंकाबीच मुख्य कारण भने सुपारी, पोस्तादाना र मरिचसँग सम्बन्धित विषय नै रहेको विभाग स्रोतको दाबी छ।

यसैगरी विभागका महानिर्देशक ढुंगाना सरुवाको विषय वायुसेवा कम्पनीहरूको टिकटमा भएको करछलीसँग पनि जोडिएको छ।

ढुंगाना नै विभागमा आएपछि वायुसेवा कम्पनीहरूको पयर्टन शुल्कलगायतका करमा भएको छलीको विषयमा अध्ययन सुरु भएको थियो। यो विषयमा अध्ययन सुरु भएसँगै त्यसलाई रोक्न सम्बन्धित क्षेत्रका व्यवसायीहरू लागिपरेका थिए। 

साथै ढुंगानाले सीमा क्षेत्रमा अवैध रुपमा सामान आयात गरी व्यापार व्यवसाय गरिरहेका ९ वटा गौदाममा शिलबन्दी गर्दै तस्करहरूको विषयमा छानबीन गरिरहेका थिए। फरार तस्करहरूले अनुसन्धान रोक्दै त्यसबाट जोगिनका लागि सरुवा गर्ने चेतावनीसमेत दिँदै आएको बेला नै ढुंगानाको सरुवा भएको विभाग स्रोत बताउँछ।

यसबाहेक पनि दोलखामा ११ किलो सुनसँगै समातिएका एक व्यक्तिले क्रिप्टो कारोबार गरेको र एकैपटक एक अर्ब रूपैयाँको ट्रान्जेक्सन गरेको विषयमा पनि ढुंगानाले अनुसन्धान गरिरहेका थिए। 

ढुंगानाले हुण्डी कारोबारी नरेश अग्रवाललाई २ करोड २८ लाख रुपैयाँसहित समातेर मुद्दासमेत चलाएका थिए। अवैध कारोबारमा संग्लन एकमाथि अर्को अनुसन्धान र मुद्दा दर्ता भएसँगै विभागमा महानिर्देशक सरुवा गरिएको स्रोतको दाबी छ।

विशेषगरी कोटिभीटीको प्रकरणमा सरकारमाथि नै अमेरिकी दबाब सिर्जना भएको थियो। अमेरिकी प्रविधि कम्पनीमाथि करछलीको मुद्दा लागेपछि अमेरिकी सरकारका प्रतिनिधिले विशेष पैरवी गरेका थिए। त्यस्तै अमेरिकी प्रभाव रहेका बहुपक्षीय संस्थाले पनि सरकारमाथि दबाब बढाएका थिए। 

बजार अनुगमन तथा बिचलनकारी गतिविधि नियन्त्रणको जिम्मा पाएको विभागको नेतृत्वमा सधैँजसो यसैगरी आकस्मिक फेरबदल हुने गरेको छ। ठूला व्यापारी जोडिएको कुनै पनि अवैध क्रियाकलापमाथि छानबीन हुन थालेपछि सरुवा हुने गरेको देखिन्छ। 

बजारलाई व्यवस्थित बनाउनका लागि भनेर सरकारले ऐननियम तथा संस्थाको व्यवस्था गरेको छ। उद्योग व्यवसाय गर्दा अधिक लाभको खोजीमा हुनेहरूले आम उपभोक्ताको हितविपरीत काम गर्न सक्ने हुँदा करछली तथा आपराधिक गतिविधिलाई नियन्त्रण गर्नका लागि निश्चित जिम्मेवारी र दायित्वसहितका संस्थाहरू अस्तित्वमा छन्। 

जब ठूला भनिएका व्यवसायी, उद्योगी तथा पहुँचवालाहरूमाथि नियमन सुरू हुन्छ अनि विभागीय प्रमुखको सरुवा हुने गरेको छ। त्यस्ता निकायमा काम गर्नेहरूमध्ये अधिकांशको एउटै मत छ- 'स्वार्थ समूहलाई छुन भएन, छोए पनि उनीहरूको इच्छाअनुसार मात्र गर्नुपर्‍यो।'

निरीह अनुगमनकारी निकाय, प्रभावशालीहरूमाथि छानबीन सोझिँदा हाकिमको सरुवा निरीह अनुगमनकारी निकाय, प्रभावशालीहरूमाथि छानबीन सोझिँदा हाकिमको सरुवा


प्रकाशित : मंगलबार, वैशाख २५ २०८१०६:३०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend