आइतबार, भदौ २३ गते २०८१    
images
images

ट्वीटरमा फेसबुकको जस्तै नयाँ विशेषता

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ २४ २०७८
images
images
ट्वीटरमा फेसबुकको जस्तै नयाँ विशेषता

माइक्रो-ब्लगिङ साइट ट्वीटरले ‘फेसबुक ग्रुप’ जस्तै नयाँ विशेषता थप्ने जनाएको छ। जसमा प्रयोगकर्ताले कुनै विशेष विषयमा गफ गर्न पाउनेछन्। 

images
images

काठमाडौं- माइक्रो-ब्लगिङ साइट ट्वीटरले ‘फेसबुक ग्रुप’ जस्तै नयाँ विशेषता थप्ने जनाएको छ। जसमा प्रयोगकर्ताले कुनै विशेष विषयमा गफ गर्न पाउनेछन्। 

images
images
images

‘ट्वीटर कम्युनिटी’का रुपमा रहने यसमा ट्वीटरले केही प्रयोगकर्तालाई समूह बनाउन सुविधा दिनेछ। जहाँ मध्यस्थकर्ता हुनेछन् जसले प्रयोगकर्तालाई समूहमा जोड्न र हटाउन सक्नेछन्। यस्तो सुविधामार्फत अहिले फेसबुकमा रहेको ग्रुपमा जस्तै ट्वीटर प्रयोगकर्ता विशेष रुपमा संगठित हुन सक्नेछन्। 

ट्वीटरले ट्वीटमार्फत नै दिएको जानकारीअनुसार ट्वीटरमा रहेका प्रयोगकर्तामा नै त्यस्तो समूह बनाउने र चलाउने अधिकार दिइने जनाएको छ। त्यसमा कुनै एक विशेष विषयमा रुची राख्ने मानिसको समूह जोडिन सक्नेछन्। ट्वीटरले अहिले कुनै विशेष विषयमा त्यस्तो समूह बनाउने सुविधा दिँदैछ, जसमा हरेक हप्ता नयाँ विषयका नयाँ समूह थप्दै जाने जनाएको छ। 

यो नयाँ सुविधामा कसरी काम गर्ने भन्ने बारे प्रयोगकर्ताको सुझावकै आधारमा अघि बढ्दै जाने ट्वीटरले जनाएको छ। 

images

नयाँ ‘सफ्ट ब्लक’ पनि
ट्वीटरले प्राइभेसीको नयाँ टूलमा पनि परिक्षण गरिरहेको छ। जसमा फलोवरलाई ब्लक नगरी नै रिमुभ गर्न सकिने विशेषता हुनेछ। त्यसमा ट्वीटरले गरिरहेको प्रयोग उपयोगी देखिए छिटै प्रयोगकर्तामाझ आउने छ। 

यसमा फलोवरको नामसँगै हुने तीनवटा डट रहेको मेन्यूमा क्लिक गरेर त्यहाँ आउने अप्सनमा रिमुभ फलोवर गर्न सक्नेछन्। जसले उनीहरुको ट्वीट आफ्नो टाइमलाइनमा आउने छैन। यो अहिले रहेको ब्लकको सुविधाभन्दा फरक रहेको ट्वीटरले जनाएको छ। 


प्रकाशित : बिहीबार , भदौ २४ २०७८११:१२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend