बिहीबार , जेठ १ गते २०८२    
बिहीबार , जेठ १ २०८२
images
images

३४ करोड ११ लाख लागतको शिशुवा-खुदीखोला सडक शिलान्यास, १४ महिनामा निर्माण सम्पन्न हुने

images
बिहीबार , वैशाख १३ २०८१
images
३४ करोड ११ लाख लागतको शिशुवा-खुदीखोला सडक शिलान्यास, १४ महिनामा निर्माण सम्पन्न हुने

विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडकको कुल लागत ३४ करोड ११ लाख २० हजार दुईसय ९८ रूपैयाँ रहेको छ।

images
images

गण्डकी- विश्व बैंकको सहयोगमा बन्न लागेको शिशुवा-सिसाघाट सडकअन्तर्गत शिशुवाबाट खुदीखोलासम्मको सडक निर्माण गरिने भएको छ।

images
images
images

पोखरा महानगरपालिका-३० को शिशुवा चोकबाट पूूर्वदक्षिण खुदीखोला पुलसम्मको चार दशमलव १४ किलोमिटर सडक निर्माणका लागि यही बैशाख २ गते निर्माण सम्झौता गरिएको थियो।

images
images

सो सडक निर्माणको एक कार्यक्रमका बीच आज पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिलान्यास गरे। सो अवसरमा प्रमुख आचार्यले सडक निर्माणमा गुणस्तरीयतामा ख्याल गर्न आग्रह गर्दै सडकखण्डमा पर्ने निजी संरचना हटाएर सहयोग गर्न स्थानीयवासीलाई आग्रह गरे।

images
images

सडक निमार्णमा स्रोतको कुनै कमी नहुने विश्वास व्यक्त गर्दै उनले सडक निर्माणपछि यस क्षेत्रको समृद्धिसँगै दिगो पर्यटनको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राखे। उनले महानगर क्षेत्रमा २८ अर्ब रूपैयाँ बराबर अनुदानका विभिन्न विकास योजना अघि बढेको जानकारी दिए। विकासका काममा सबैले आ-आफ्नातर्फबाट साथ र सहयोग गर्नुपर्नेमा उनले जोड दिए।

पोखरा महानगरपालिका इन्जिनियर नेत्रप्रसाद तिमल्सेनाले विश्व बैंकको आर्थिक सहयोगमा निर्माण हुने सडकको कुल लागत ३४ करोड ११ लाख २० हजार दुईसय ९८ रूपैयाँ रहेको जानकारी गराए। निर्माण कम्पनी आशिष निर्माण सेवा प्रालिका प्रतिनिधि ई रोशन गिरीले परामर्शदाताको निर्देशनअनुसार स्थानीयको सहयोगमा निर्धारित १४ महिनामा काम सम्पन्न हुने विश्वास व्यक्त गरे।

कार्यक्रममा पोखरा महानगरपालिका-३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदी, वडासदस्य उमा परियार, वडा नं २७ का वडाध्यक्ष पूूर्णकुमार गुरुङ, महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, ई जगन्नाथ कोइरालालगायतले समयमै सडक निर्माण सम्पन्न गर्न सम्बद्ध सबैको साथ र सहयोग मिल्ने विश्वास व्यक्त गरे। रासस


प्रकाशित : बिहीबार , वैशाख १३ २०८११६:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend