शनिबार, वैशाख २२ गते २०८१    
images
images

भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै, ३६ करोड २४ लाख लाग्ने

images
बिजनेस न्युज
images
images
भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुँदै, ३६ करोड २४ लाख लाग्ने

तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ।

images
images

डोल्पा- भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण हुने भएका छन्। मूल्य अभिवृद्धि करसहित ३६ करोड २४ लाख ८६ हजार ७ सय रुपैयाँको लागतमा संघीय सरकारले ती पुल निर्माण गर्न लागेको हो ।

images
images
images

रुकुम पश्चिम आठबिसकोट नगरपालिका र जाजरकोटको नलगाड नगरपालिकाको सीमा क्षेत्रमा पर्ने तल्नुबगर, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने खदाङ, सोही पालिकाको वडा नं १ छलगाडमा पक्की पुल बन्न लागेको त्रिपुरासुन्दरी नगरपालिकाका प्रमुख जनचन्द्र रोकायले बताए। 

images

चितवन भरतरपुरस्थित वाइपी, एमआर जेविले निर्माणको जिम्मा लिएको तीनवटै पुल ४२ महिनभत्र पूरा गर्ने सम्झौता भएको छ। तल्नुबगरमा पुल निर्माण सुरु भइसकेको र खदाङ र छलगाड खोलामा केही महिनाभित्रै काम थालिने निर्माण कम्पनीले जनाएको छ।

images

छलगाड खोलमा निर्माण हुने पुलको  वातावरणीय प्रभाव मूल्याङ्कनबारे सार्वजानिक सुनुवाइ कार्यक्रम बुधबार सम्पन्न गरिएको छ। सुनुवाइका क्रममा त्रिपुराकोटका स्थानीयले तल्नुबगर र रुपगाड खोलमाजस्तो पुल निर्माणमा ढिलासुस्ती नगर्न सम्बन्धित पक्षलाई सचेत गराएका थिए।

images
images

सार्वजनिक सुनुवाइ भए पनि आयोजनाका वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन अझै स्वीकृत नभएको बताइएको छ। रासस

images

प्रकाशित : बिहीबार , वैशाख १३ २०८१०९:५८
प्रतिक्रिया दिनुहोस