बिहीबार , वैशाख २० गते २०८१    
images
images

खराब कर्जा र प्रोभिजनिङ बढ्दा अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक, खुद नाफा ११.२७ प्रतिशतले घट्यो

images
बिजनेस न्युज
images
images
खराब कर्जा र प्रोभिजनिङ बढ्दा अधिकांश बैंकको वितरणयोग्य नाफा ऋणात्मक, खुद नाफा ११.२७ प्रतिशतले घट्यो

बैंकिङ प्रणालीमा प्रशस्तै लगानीयोग्य रकम भएपनि कर्जा विस्तारमा आएको संकुचनले बैंकहरूको खराब कर्जामा वृद्धि भइ इम्पियरमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो।

images
images

काठमाडौं- अर्थतन्त्र संकुचित हुँदा चालु आर्थिक वर्षको ९ महिनामा वाणिज्य बैंकको नाफा ११.२७ प्रतिशतले घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकहरूले ४० अर्ब ६९ करोड रुपैयाँ खुद नाफा गरेका छन्। 

images
images
images

गत वर्षको यसै अवधिमा २० वाणिज्य बैंकले ४५ अर्ब ८५ करोड रुपैयाँ खुद नाफा गरेका थिए। अर्थतन्त्र संकुचित हुँदा बैंकहरूको नाफा करिब ५ अर्ब १७ करोडले संकुचित भएको छ। 

images

बैंकिङ प्रणालीमा प्रशस्तै लगानीयोग्य रकम भएपनि कर्जा विस्तारमा आएको संकुचनले बैंकहरूको खराब कर्जामा वृद्धि भइ इम्पियरमेन्ट चार्ज बढ्दा खुद नाफा घटेको हो। 

images

यस अवधिमा अधिकांश बैंकहरूको वितरणयोग्य नाफा ऋणात्मक भएको छ। चैत मसान्तसम्म पाकेको ब्याज नउठ्दा बैंकहरूले खराब कर्जा बुक गर्नुपर्दा ठूलो मात्रामा प्रोजिनिङ गरेकाले नाफा घटेको हो। 

images
images

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नबिल बैंकले सबैभन्दा धेरै नाफा कमाउन सफल भएको छ भने नेपाल बैंक लिमिटेडको नाफा ९२ प्रतिशतले घटेको छ। यस्तै कृषि विकास बैंकले गत वर्षको तुलनामा करिब ९७ प्रतिशतले खुद नाफा बढाउन सफल भएको छ। 

स्टाण्डर्ड चार्टर्ड बैंकको खराब कर्जा बढ्दा वितरणयोग्य नाफा ऋणात्मक भएको छ। यस्तै एभरेष्ट बैंकको खराब कर्जा ०.७ प्रतिशतभन्दा माथि नगएकाले उसको वित्तीय विवरण राम्रो देखिएको छ। सिटिजन्स इन्टरनेशल बैंक र प्राइम कमर्सियल बैंकले आफ्नो वित्तीय विवरणमा सुधारको प्रयास गरेका छन्। 

एनआईसी एसिया बैंकको खुद नाफा ५५ प्रतिशतले घटेको छ। नेपाल इन्भेष्टमेन्ट मेघा बैंक र हिमालयन बैंकको वितरणयोग्य नाफा ५ अर्ब बढीले ऋणात्मक भएको छ।

नेपाल इन्भेष्टमेन्ट बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोड र हिमालयन बैंकको ५ अर्ब २६ करोडले ऋणात्मक रहेको छ।

यस अवधिमा एभरेष्ट बैंकको वितरणयोग्य नाफा सबैभन्दा धेरै २ अर्ब ७५ करोड रहेको छ। यस्तै नबिल बैंकको वितरणयोग्य नाफा १ अर्ब ५७ करोड र स्टाण्डर्ड चार्टर्ड बैंकको १ अर्ब ८१ करोड रुपैयाँ रहेको छ।

nafa banko.jpg

कुन बैंकको वित्तीय स्थिति कस्तो?

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ खुद नाफा गर्न सफल भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भने नबिल बैंकको खुद नाफा करिब ८.७६ प्रतिशतले घटेको छ। गत वर्षको यसै अविधिमा नबिल बैंकले ५ अर्ब ११ करोड खुद नाफा गर्न सफल भएको थियो। 

बैंकको नाफा संकुचित भएपनि चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा खराब कर्जा भने घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा १.९८ प्रतिशत रहेकोमा यो वर्षको सोही अवधिमा घटेर १.२७ प्रतिशत कायम भएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा ग्लोबल आईएमई बैंकको खुद नाफा गत वर्षको यस अवधिको तुलनामा २४.१३ प्रतिशतले खुम्चिएको छ। यस अवधिमा बैंकले ३ अर्ब ३० करोड रुपैयाँ खुद नाफा गरेको छ। 

गत वर्ष बैंकले ९ महिनामा ४ अर्ब ३५ करोड ८२ लाख रुपैयाँ खुद नाफा गरेको थियो। यस अवधिमा बैंकले १३ अर्ब रुपैयाँ खुद ब्याज आम्दानी गरेपनि इम्पियरमेन्ट चार्ज बढेकाले बैंकको नाफा घटेको हो। 

गत वर्ष बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ७१ करोड रहेकोमा चालु आर्थिक वर्षको यसै अवधिमा बढेर ५ अर्ब २६ करोड रुपैयाँ पुगेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा बढेर ४.७४ प्रतिशत पुगेको छ। 

अघिल्लो वर्षको यसै अवधिमा बैंकको खराब ३.९६ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

एनएमबि बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६८ करोड ८५ लाख रुपैयाँ खुद नाफा गरेको थियो। बैंकको खुद ब्याज आम्दानी घटेकाले खुद नाफा पनि घटेको हो। 

गत वर्ष यस अवधिमा ६ अर्ब ४८ करोड रहेको बैंकको खुद ब्याज आम्दानी चालु आर्थिक वर्षको ९ महिनामा ५ अर्ब ५२ करोडमा सीमित भएको छ। यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज घटाएको छ।

गत वर्ष १ अर्ब १८ करोड रहेको बैंकको इम्पियरमेन्ट चार्ज घटेर ८० करोडमा सीमित भएको छ। यस अवधिमा बैंकको खराब कर्जा २.८६ प्रतिशतमा सीमित भएको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा २.९६ प्रतिशत रहेको थियो। यस्तै यस अवधिमा बैंकको वितरणयोग्य नाफा भने ४२ करोड २९ लाख रुपैयाँले ऋणात्मक रहेको छ। 

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको वितरणयोग्य नाफा ५ अर्ब ८ करोडले ऋणात्मक भएको छ। गत वर्षको यसै अवधिमा १ अर्ब १७ अर्बले ऋणात्मक रहेको बैंकको वितरणयोग्य नाफा उच्चरुपमा ऋणात्मक भएको हो। यस अवधिमा बैंकले आम्दानी देखाएपनि ब्याज नउठेपछि बैंकको वितरणयोग्य नाफा बढेको हो। 

गत वर्षको तेस्रो त्रैमासमा बैंकको पाकेको ब्याज नउठेपछि २ अर्ब ४५ करोड रुपैयाँ नियामकीय प्रोभिजनिङ गरेको छ। यस अवधिमा बैंकले ११ अर्ब ३ करोड खुद ब्याज आम्दानी गरेपनि ३ अर्ब ४ करोड रुपैयाँ इम्पियरमेन्ट चार्ज बापत खर्च देखाएको छ। यस अवधिमा बैंकले ३ अर्ब २७ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको तुलनामा बैंकको नाफा २४ करोडले बढेपनि ब्याज नउठेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा उच्चरुपमा ऋणात्मक देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा ३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.६६ प्रतिशत रहको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९४ प्रतिशत रहेको थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा प्राइम कमर्सियल बैंकले ३ अर्ब ८७ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

यस अवधिमा बैंकको सञ्चालन नाफा ४ अर्ब ११ करोड रुपैयाँ रहेको छ। गत वर्षको तुलनामा बैंकको खुद सञ्चालन नाफा १६.८५ प्रतिशतले बढेको छ। गत वर्षको यसै अवधिमा बैंकले सञ्चालन नाफा ३ अर्ब ५२ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको खुद ब्याज आम्दानी सामान्यरुपमा बढेको छ। यस अवधिमा बैंकले खुद ब्याज आम्दानी ५ अर्ब ७८ करोड रुपैयाँ गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब ४७ करोड रुपैयाँ गरेको छ। 

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज सामान्यरुपमा घटेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज ८९ करोड ५० लाख रहेको छ। गत वर्षको यसै अवधिमा बैंकको यस्तो खर्च करिब १ अर्ब रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.२९ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ३.०६ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकले उठेको ब्याजबापत ९३ करोड २० लाख रुपैयाँ नियामकीय जगेडामा राखेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३६ करोड रुपैयाँ जगेडा राखेको थियो। 

माछापुच्छ्रे बैंकको वितीय विवरणअनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकका अधिकांश सूचकहरू नकारात्मक देखिएका छन्।

बैंकको खुद नाफा गत वर्षको तुलनामा ३६.७२ प्रतिशतले घटेको छ भने खराब कर्जा करिब ५५ प्रतिशतले बढेको छ। खराब कर्जा बढेकाले प्रोभिजनिङ बढ्दा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५ करोडले ऋणात्मक भएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा माछापुच्छ्रे बैंकले ८५ करोड ५४ लाख रुपैयाँ मात्रै खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ३५ करोड १९ लाख रुपैयाँ खुद नाफा गरेको थियो। 

गत वर्षको यस अवधिमा बैंकको खराब कर्जा २.३७ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ३.६८ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको कर्जा निक्षेप अनुपात ८३.३० प्रतिशत रहेको छ। बैंकको आधार दर ८.९७ प्रतिशत रहेको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा कृषि विकास बैंकको खुद नाफा गत वर्षको तुलनामा ९७.२२ प्रतिशतले बढेको छ। गत वर्षको ९ महिनामा बैंकले १ अर्ब ४ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेकाले बैंकको खुद नाफा बढेको हो। चालु आर्थिक वर्षको ९ महिनामा बैंकले ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब २४ करोड रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको थियो। 

गत वर्षको तुलनामा बैंकले इम्पियरमेन्ट चार्ज घटाएकाले बैंकको नाफामा उल्लेखिय मात्रामा सुधार देखिएको हो। गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ११ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५२ करोडमा कायम भएको छ। 

यस्तै यस अवधिमा बैंकको खराब कर्जा पनि घटेको छ। गत वर्षको महिनामा ४.२० प्रतिशत रहेको बैंकको खराब कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा ३.३० प्रतिशतमा सीमित भएको छ। यस अवधिमा बैंकको आधार दर ८.६८ प्रतिशत र कर्जा निक्षेप अनुपात ७९.५७ प्रतिशत रहेको छ।

सिटिजन्स इन्टरनेशनल बैंकले चालु आर्थिक वर्षको ९ महिनामा १ अर्ब २३ अर्ब रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी करिब १४ करोडले घटेकाले बैंकको नाफा घटेको हो। 

गत वर्षको ९ महिनामा बैंकले खुद ब्याज आम्दानी ४ अर्ब ३९ करोड गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ४ अर्ब ३५ करोड खुद ब्याज आम्दानी गरेको छ।

यस्तै यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्ज घटेको छ। गत वर्षको ९ महिनामा १ अर्ब १२ करोड इम्पियरमेन्ट चार्ज रहेको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा ९८ करोड ५७ लाख रुपैयाँमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब कर्जा घटेको छ। चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खराब कर्जा ३.७६ प्रतिशत रहेको छ। गत वर्षको सोही अवधिमा बैंकको खराब कर्जा ३.९८ प्रतिशत रहेको थियो। यस अवधिमा बैंकको  वितरणयोग्य नाफा भने घटेको छ। 

प्रभु बैंकले तेस्रो त्रैमासमा १ अर्ब ८१ करोड खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा ७.२७ प्रतिशतले घटेपनि बैंकको अन्य सूचकहरूमा समान्य सुधार देखिएको छ। 

बैंकको खुद ब्याज आम्दानी गत वर्षको तुलनामा बढेको छ। गत वर्षको यसै अवधिमा बैंकले ६ अर्ब ६८ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ अर्ब ४४ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा ३.४८ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ४.८१ प्रतिशत कायम भएको छ। खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा १६ करोड ६५ लाख रुपैयाँमा सीमित भएको छ।

एनआईसी एसिया बैंकको यस अवधिमा खुद नाफा करिब ५२ प्रतिशतले घट्दा वितरणयोग्य नाफा ऋणात्मक भएको छ।

यस अवधिमा बैंकको वितरणयोग्य नाफा करिब १ अर्ब ७२ करोडले ऋणात्मक रहेको छ। बैंकको खराब कर्जा घटेको र प्रोभिजनिङ बढेकाले वितरणयोग्य नाफा ऋणात्मक भएको हो।  गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब २ करोड रुपैयाँले बचतमा रहेको थियो। 

यस अवधिमा बैंकको खराब कर्जा ३.६२ गुणाले बढेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ०.८५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३.०८ प्रतिशत कायम भएको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कुमारी बैंकको वित्तीय विवरणअनुसार गत वर्षको यसै अवधिको तुलनामा खुद नाफा करिब २५ करोडले घटेको छ। 

गत वर्षको तेस्रो त्रैमाससम्ममा कुमारी बैंकले १ अर्ब ३० करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा गरेको छ। चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा बैंकको खराब कर्जा ४.९५ प्रतिशत रहेका बैंकको नाफा घटेको हो।

यस अवधिमा बैंकको इम्पियरमेन्ट चार्च भने सामान्यरुपमा घटेको छ। गत वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्च ३ अर्ब ९६ करोड रहेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ। यस अवधिमा बैंकको ब्याज आम्दानी र खर्च दुबै बढेको छ। 

गत वर्ष ३.९७ प्रतिशत रहेको खराब कर्जा बढेर ४.९५ प्रतिशत पुगेकाले बैंकको प्रोभिजनिङ बढ्दा वितरणयोग्य नाफा ४ अर्ब २० करोडले ऋणात्मक देखिएको छ। यस अवधिमा बैंकले आम्दानी देखाएको तर नउठेको ब्याजबापत १ अर्ब ५२ करोड रुपैयाँ रेगुलेटरी प्रोभिजनिङ गर्दा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो।

यस अवधिमा राष्ट्रिय वाणिज्य बैंकको नाफा करिब ३४ प्रतिशतले घटेको छ। गत वर्षको यस अवधिमा ३ अर्ब ५७ करोड खुद नाफा गरेको यस बैंकको चालु आर्थिक वर्षको सोही अवधिमा २ अर्ब ३७ करोड मात्रै खुद नाफा गरेको छ। 

राष्ट्रिय वाणिज्य बैंकको खराब कर्जा बढेको छ। गत वर्षको ९ महिनामा बैंकको खराब कर्जा ३.८८ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ४.३० प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ४६ करोड रुपैयाँ रहेको छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा २ अर्ब ७५ करोड कायम भएको छ। गत वर्ष १ अर्ब ६ करोड वोनस सेयर र १ अर्ब १२ करोड रुपैयाँ नगद लाभांश दिएकाले बैंकको वितरणयोग्य नाफा गत वर्षको यसै अवधिको तुलनामा केही कम देखिएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा ३ अर्ब ३६ करोड रुपैयाँ रहेको थियो। 

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद नाफा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको तुलनामा बैंकको खुद नाफा करिब १४ करोड रुपैयाँ बढेको छ।  चालु आर्थिक वर्षको ९ महिनामा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा गरेको छ।

गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा २ अर्ब ४६ करोड रहेको थियो। गत वर्षको तुलनामा बैंकको खुद ब्याज आम्दानी बढेको हो र इम्पियरमेन्ट चार्ज सामान्यरुपमा मात्रै बढेकाले बैंकको नाफा बढेको हो। 

गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज ५५ करोड रुपैयाँ रहेकोमा चालु आर्थिक वर्ष बढेर ६२ करोड ७१ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा बैंकको खराब कर्जा ०.७० प्रतिशतमा स्थिर रहेको छ। गत वर्ष ०.७० नै रहेको खराब कर्जा चालु आर्थिक वर्षको ९ महिना पनि ०.७ प्रतिशत नै रहेको छ। यस अवधिमा बैंकको आधार दर ८.१३ प्रतिशत र कर्जा निक्षेप अनुपात ८३.५० प्रतिशत रहेको छ।

यस अवधिमा हिमालयन बैंकको वितरणयोग्य नाफा ५ अर्ब २४ करोड रुपैयाँले ऋणात्मक रहेको छ। 

यस अवधिमा बैंकले ब्याज आम्दानी देखाएको तर नउठेको रकमबापत २ अर्ब १६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३२ करोड रुपैयाँले ऋणात्मक रहेको थियो।

बैंकको खराब कर्जा बढेर ४.९६ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ४.५६ प्रतिशत रहेको थियो।

यस अवधिमा बैंकले खुद नाफा १ अर्ब ९४ करोड रुपैयाँ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७४ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब २० करोड रुपैयाँले घटेकाले बैंकको खुद नाफा सामान्यरुपमा बढेको हो।

गत वर्षको तेस्रो त्रैमासमा बैंकको इम्पियरमेन्ट चार्ज २ अर्ब ४५ करोड ५१ लाख रुपैयाँ रहेको चालु आर्थिक वर्ष घटेर २ अर्ब २५ करोड ७३ लाख कायम भएको छ। 

चालु आर्थिक वर्षको ९ महिनामा स्टाण्डर्ड चार्टर्ड बैंकले २ अर्ब ४४ करोड खुद नाफा गरेको छ। गत वर्षको तुलनामा बैंक प्रमुख सूचाङ्कहरू घटेपनि बैंक अन्य बैंकहरूको तुलनामा राम्रो अवस्थामा  छ। 

गत वर्षको ९ महिनामा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। चालु आर्थिक वर्ष बैंकको खुद नाफा करिब १७ करोडले घटेको छ। गत वर्षको ९ महिनामा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब ४० करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३ अर्ब ९० करोड कायम भएपछि बैंकको नाफामा सामान्य गिरावट देखिएको हो। 

अन्य बैंकहरूको इम्पियरमेन्ट चार्ज घटिरहेको समयमा स्टाण्डर्ड चार्टर्ड बैंकको भने घटेको छ। गत वर्षको ९ महिनामा बैंकको इम्पियरमेन्ट चार्ज करिब ४४ करोड रहेकोमा चालु आर्थिक वर्ष घटेर २५ करोडमा सीमित भएको छ। 

गत वर्षको तुलनामा बैंकको खराब कर्जा बढेको असर वितरणयोग्य नाफामा देखिएको छ। गत वर्ष यस अवधिमा बैंकको खराब कर्जा ०.९ प्रतिशत रहेकोमा चालु आर्थिक वर्षको यस अवधिमा बढेर २.१४ प्रतिशत पुगेको छ।

यस अवधिमा बैंकले पाकेको तर नउठेको ब्याजबापत १ अर्ब ५७ करोड रुपैयाँ प्रोभिजनिङ गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले २ अर्ब ६ करोड रुपैयाँ प्रोभिजनिङ गरेको थियो। 

जसले गर्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ८१ करोड रुपैयाँमा खुम्चेको छ। खुद नाफा घटेको र खराब कर्जा बढेकाले बैंकको वितरणयोग्य नाफा घटेको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ५६ करोड रुपैयाँ रहेको थियो।

सिद्धार्थ बैंकको खुद नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा बढेको छ। गत आर्थिक वर्षको तेस्रो त्रैमासमा १ अर्ब ४९ करोड रुपैयाँ खुद नाफा गरेको यस बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ अर्ब ६८ करोड रुपैयाँ खुद नाफा गरेको छ। 

गत वर्षको तुलनामा बैंकको इम्पियरमेन्ट चार्ज र खराब कर्जा घटेकाले बैंकको खुद नाफा बढेको हो। गत वर्ष यस बैंकको खराब कर्जा ३.९५ प्रतिशत रहेकोमा चालु आर्थिक वर्ष बढेर २.५२ प्रतिशत कायम भएको छ। 

यस अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्यरुपमा घटेको छ। गत वर्षको तुलनामा बैंकको ब्याज आम्दानी घटेकाले खुद ब्याज आम्दानी कम भएको हो।

चालु आर्थिक वर्षको ९ महिनामा सानिमा बैंकले १ अर्ब ४४ करोड रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब ७१ करोड रुपैयाँ खुद नाफा गरेको थियो। गत वर्षको तुलनामा बैंकको नाफा करिब १६ प्रतिशतले घटेको छ। 

यस अवधिमा बैंकको खराब कर्जामा भने सुधार देखिएको छ। गत आर्थिक वर्ष २.२५ प्रतिशत खराब कर्जा रहेकोमा चालु आर्थिक वर्षको ९ महिनामा घटेर १.८९ प्रतिशत कायम भएको छ। यस अवधिमा आम्दानी देखाएको तर नउठेको ब्याजबापत ४१ करोड ४६ लाख रुपैयाँ रेगुलेटरी प्रोभिजनिङ गरेको छ। 

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा लक्ष्मी बैंकको खराब कर्जा बढेर ५.४९ प्रतिशत पुगेको छ। गत वर्ष १.८२ प्रतिशत रहेको बैंकको खराब कर्जा बढेर ५.४९ प्रतिशत पुगेको छ। 

खराब कर्जा उच्चरुपमा बढेकाले बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोडले ऋणात्मक भएको छ। नाफा नोक्सान हिसाब खातामा आम्दानी देखाएको तर चैत मसान्तसम्ममा नउठेको ब्याज बापत बैंकले १ अर्ब ६१ करोड रुपैयाँ नियामकीय जगेडामा राखेकाले प्रोभिनिङ गरेकाले बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। गत वर्षको यसै अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ३३ करोड रुपैयाँले सकारात्मक रहेको थियो। 

यस अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिमा बैंकले १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा गरेको थियो। 

नेपाल एसबिआई बैंकको नाफा ३५.५० प्रतिशतले घटेको छ। गत आर्थिक वर्ष यस बैंकले तेस्रो त्रैमाससम्ममा १ अर्ब ८० करोड खुद नाफा गरेको थियो। चालु आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब १६ करोड रुपैयाँ मात्रै खुद नाफा गरेको छ।

चालु आर्थिक वर्षको ९ महिनामा बैंकको खुद बढेपनि खुद ब्याज खर्च बढेको छ। यस अवधिमा बैंकले ३ अर्ब ५७ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको ९ महिनामा बैंकले ४ अर्ब १३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। ब्याज खर्च बढेकाले चालु आर्थिक वर्ष यस अवधिमा बैंकको खुद ब्याज आम्दानी घटेको हो।

यस अवधिमा बैंकको खराब कर्जा बढेको छ। गत वर्षको यसै अवधिमा बैंकको खराब कर्जा ०.९७ प्रतिशत रहेकोमा यो वर्ष बढेर १.९८ प्रतिशत पुगेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा ८३ करोड ४३ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस बैंकको वितरणयोग्य नाफा १ अर्ब १७ करोड रुपैयाँ रहेको छ। 

नेपाल बैंक लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा करिब ४६ करोडले घाटामा गएको छ। जसले गर्दा बैंकको चालु आर्थिक वर्षको ९ महिनाको नाफा १३ करोडमा सीमित भएको छ। गत वर्षको तीन महिनामा नेपाल बैंकले लिमिटेडले १ अर्ब ७८ करोड खुद नाफा गरेकोमा चालु आर्थिक वर्षको ९ महिनामा १३ करोड रुपैयाँमा खुम्चिएको छ। 

बैंकको इम्पियरमेन्ट खर्च १ अर्ब ४८ करोड ५० लाखबाट बढेर ३ अर्ब ६६ करोड रुपैयाँ पुगेकाले बैंकको नाफामा ९२.७० प्रतिशतले घटेको छ। यस अवधिमा बैंकको खराब कर्जा बढेर ४.६५ प्रतिशत पुगेको छ। गत वर्षको यसै अवधिमा खराब कर्जा ४.१६ प्रतिशत रहेको थियो। 

खराब कर्जा बढेको असर बैंकको वितरणयोग्य नाफामा परेको छ। यस अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ४ करोडले ऋणात्मक भएको छ। बैंकले यस अवधिमा आम्दानी बुक गरेपनि नउठेको ब्याजका लागि ८४ अर्ब २४ करोड रुपैयाँ प्रोभिजनिङ गर्दा बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। 

गत वर्षको यसै अवधिमा बैंकले नियामकीय प्रोभिजनिङमा १ अर्ब ४१ करोड रुपैयाँ छुट्याएको थियो। बैंकले गत वर्षको सञ्चित नाफाबाट लाभांश वितरण गरेको र चालु आर्थिक वर्ष पर्याप्त खुद नाफा गर्न नसकेकाले बैंकको वितरणयोग्य नाफा ऋणात्मक भएको हो। 

images

प्रकाशित : शुक्रबार, वैशाख ७ २०८१०३:११
प्रतिक्रिया दिनुहोस