बिहीबार , जेठ १० गते २०८१    
images
images

ऋण तिर्न नसक्दा बन्द हुने अवस्थामा सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र

images
बुधबार, वैशाख ५ २०८१
images
images
ऋण तिर्न नसक्दा बन्द हुने अवस्थामा सुदूरपश्चिमकै सबैभन्दा ठूलो चिस्यान केन्द्र

तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यान केन्द्र २० करोड रूपैयाँ बढी लगानीमा तयार गरिएको हो।

images
images

कैलाली- सुदूरपश्चिम प्रदेशकै सबैभन्दा बढी क्षमता भएको चिस्यान केन्द्र ‘कोल्डस्टोर’ ऋणको बोझले बन्द हुने अवस्थामा पुगेको छ। कैलालीको घोडाघोडी नगरपालिकामा रहेको उक्त चिस्यान केन्द्र बैंकको ऋण तिर्न नसक्दा लिलामी हुने अवस्थामा छ।

images
images
images

किसानको आवश्यकतालाई मध्यनजर गर्दै कैलालीको घोडाघोडी नगरपालिका-१० मा २०७७ फागुनमा तीन हजार मेट्रिकटन क्षमता भएको प्रदेशकै सबैभन्दा ठूलो चिस्यानकेन्द्र स्थापना गरिएको थियो।

images

रिज्म परियोजनाको एक करोड ९० लाख रूपैयाँ आर्थिक सहयोगमा निर्माण कार्य सुरु गरी सञ्चालनमा ल्याइएको चिस्यान केन्द्र  २० करोड रूपैयाँ बढी लगानीमा तयार गरिएको हो। अहिले आफ्नै ऋणसमेत तिर्न नसक्दा उक्त चिस्यान केन्द्र बन्द हुने अवस्थामा पुगेको छ।

images
images

चिस्यान केन्द्रलाई २० करोड रूपैयाँभन्दा बढी ऋण रहेको सञ्चालक समितिका अध्यक्ष रामबहादुर रावतले बताए। 'बैंकमा मात्रै १६ करोड ४४ लाख रूपैयाँ ऋण छ अन्य सहकारी, विद्यालय, सामुदायिक वनलगायतमा गरी २० करोड रूपैयाँभन्दा बढी पुुग्छ', उनले भने, 'सरकारले अनुदान पनि दिएन, अहिलेसम्म किसानकै पैसाबाट चिस्यान केन्द्र चलिरहेको छ।'

images
images

रावतका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७८/७९ र २०७९/८० मा दुई पटकसम्म रातो किताबमा चिस्यान केन्द्रका लागि भन्दै नौ करोड ९० लाख रूपैयाँ राखेको थियो। चिस्यान केन्द्र सुरु भएकै वर्ष यहाँ तीन हजार चार सय ५३ किसानले आफ्नो उत्पादन राखेका थिए। अहिले छ हजार बढी किसानले उत्पादन गरेका वस्तु राखेका छन्।

कैलाली, कञ्चनपुरसहित डडेल्धुराको गन्यापधुरा गाउँपालिका, पर्शुराम नगरपालिका र रुपन्देहीको शुद्धोदन गाउँपालिकासम्मका किसान यस चिस्यान केन्द्रबाट लाभान्वित छन्। लाभान्वित किसानको सङ्ख्या बढ्दो अवस्थामा रहे पनि आर्थिक संकटका कारण बन्द गर्नुपर्नेसम्मको स्थिति आउँदा उनीहरू चिन्तित छन्।

'चिस्यान केन्द्र भएर निकै सहज भएको छ', कैलालीको बर्दगोरिया गाउँपालिकाबाट आलुको बीउ भण्डारण गर्न आएका किसान रामु चौधरीले भने, 'यसपटक वर्षभरि घरमा खानलाई राखेर बेचेको पनि छु, तर बन्द हुने अवस्थामा स्टोर छ, हामी किसानले कसरी जीविकोपार्जन गर्ने?'

चिस्यान केन्द्र भएपछि नै व्यावसायिक हिसाबले खेती सुरु गरेको बताउँदै भण्डारण गर्न आएका अर्का किसान प्यारेलालाल चौधरी भन्छन्, 'सिजन सकिएपछि आफैले घरमा खानलाई र पछि राम्रै बजार मूल्य पाएका बेला बेच्नलाई हामीजस्ता किसानलाई फाइदा पुगेको थियो तर आर्थिक अभावका कारण चिस्यान केन्द्र बन्द हुने अवस्थामा छ यसलाई जोगाउनुपर्छ।'

चिस्यान केन्द्रमा आलु, स्याउ, सुन्तला, अनार, अंगु र बन्दागोभी राख्न मिल्ने बनाइएको छ। विद्युत् प्राधिकरणको बिलसमेत तिर्न नसकेपछि पटकपटक यहाँ विद्युत् काट्ने गरेकोे शेयर सदस्य राजेन्द्र देवकोटाले बताए। यसरी विद्युत् काटिँदा किसानले राखेका उत्पादन बिग्रन सक्ने खतरासमेत हुने गरेको उनी बताउँछन्। रासस


प्रकाशित : बुधबार, वैशाख ५ २०८१०६:२२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend