आइतबार, जेठ ११ गते २०८२    
आइतबार, जेठ ११ २०८२
images
images

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

images
बुधबार, वैशाख ५ २०८१
images
सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्म बन्द

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

images
images

बैतडी- भारतसँग सीमा जोडिएको सुदूरपश्चिम प्रदेशका सीमानाका बन्द भएका छन्।

images
images
images

बैतडीको झुलाघाट, दार्चुलाको पुलघाट, कञ्चनपुरको गड्डाचौकी र ब्रह्मदेव नाका बन्द गरिएका हुन्। भारतमा हुने लोकसभा निर्वाचनलाई दृष्टिगत गर्दै सीमानाका बन्द गरिएका बैतडीका प्रमुख जिल्ला अधिकारी भीमकान्त शर्माले जानकारी दिए।

images
images

'यही बैशाख ७ गते उत्तराखण्ड र चम्पावतमा हुने लोकसभा सामान्य निर्वाचन हुँदैछ', उनले भने, 'उक्त निर्वाचनलाई दृष्टिगत गर्दै मंगलबार साँझ ६ बजेदेखि बैशाख ७ गते शुक्रबार  साँझ ७ बजेसम्म नाका बन्द गरिएका हुन्।'

images
images

उक्त अवधिमा सीमानाकामा पूर्णरुपमा आवतजावत बन्द रहेको प्रजिअ शर्माले बताए। सुरक्षा संवेदनशीलताका कारण नाका बन्द गरिएको उनको भनाइ छ।

सीमा बन्द रहेको अवधिमा आकस्मिक रुपमा खोल्नुपरेमा आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ।

भारतीय अधिकारीहरुसँग यसअघि नै समन्वय गरेर नाका बन्द गरिएका हुन्। कुनै देशमा चुनाव हुँदा अन्तर्राष्ट्रिय नियमअनुसार नै सीमा बन्द गरिन्छ। रासस


प्रकाशित : बुधबार, वैशाख ५ २०८११५:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend