मंगलबार, वैशाख १८ गते २०८१    
images
images

संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य

images
images
images
संसद्को चालु अधिवेशनबाट तीन विधेयक पारित, आजदेखि अधिवेशन अन्त्य

अधिवेशन आज बैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए।

images
images

काठमाडौं- प्रतिनिधिसभाको चालु अधिवेशन अन्त्य गरिएको छ।

images
images
images

सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट प्राप्त सोसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाएका थिए। अधिवेशन आज बैशाख २ गते राति १२ बजेदेखि स्वतः अन्त्य हुने सभामुखले जानकारी गराए।

images

बैठकमा उनले प्रतिनिधिसभाको चालु अधिवेशनमा भएका कामबारेमा जानकारी गराए। चालु अधिवेशन गत माघ २ गतेदेखि प्रारम्भ भएको थियो। यस अवधिमा २३ दिनमा २३ पटक गरी कुल ८१ घण्टा ५५ मिनेट बैठक बसी संसदीय काम कारबाही व्यतित भएको जनाइएको छ। यस अधिवेशनमा अनुगमन तथा मूल्यांकन विधेयक, खाद्य स्वच्छता तथा गुणस्तर विधेयक र सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित गरी तीन विधेयक पारित भएका छन्।

images

आजको बैठकको प्रारम्भमा नेपाली कांग्रेसका सांसदहरू आसनबाट उठेपछि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठकका निर्णय र समझदारीअनुसार नै बैठक अघि बढाउने बताएका थिए। साथै उनले आजको लागि तय गरिएको कार्यसूचीका १ देखि ७ नम्बरसम्मका विषय कार्यसूचीबाट हटाइएको जानकारी गराएपछि बैठक सञ्चालन भएको थियो।

images
images

बैठकमा सभामुखले प्रतिनिधिसभाको नियमावली, २०७९ को नियम २१३ को उपनियम (१) बमोजिम १० वा सोभन्दा बढी बैठकमा अनुपस्थित सदस्यहरूको अनुपस्थितिको सूचना सभाको स्वीकृतिका लागि पेस गरेका थिए। उक्त प्रस्ताव बैठकले स्वीकृत गरेको थियो। रासस

images

प्रकाशित : आइतबार, वैशाख २ २०८१०१:१६

प्रतिक्रिया दिनुहोस