शनिबार, वैशाख ६ गते २०८२    
शनिबार, वैशाख ६ २०८२
images
images

सुनमा बढिरहेको मूल्यको चमक

५ वर्षमा सुनको मूल्य प्रतितोला ७५ हजार ६ सय रुपैयाँले बढ्यो

images
मंगलबार, चैत २७ २०८०
images
सुनमा बढिरहेको मूल्यको चमक

विस्तारै उकालो चढ्ने देखिएको सुनको मूल्यले इतिहासलाई छिटो-छिटो पछि पार्दै छ। २०७५ चैतमा ६० हजार ६ सय रूपैयाँ प्रतितोलाको मूल्यलाई अहिले पाँच वर्षपछि फर्केर हेर्दा नै त्यो देखिन्छ।

images
images

काठमाडौं- निरन्तर उकालो लागिरहँदा सुनको मूल्यमा चमक बढेर उपयोगिताको मापकतत्त्व निकै फेरिएको छ। डर र अनिश्चितताको समयमा पनि बहुमूल्य पहेँलो धातु लगानीमा बढ्न सकिने माध्यम बनेको छ।

images
images
images

आर्थिक मन्दीको भयावहमा पनि मानिसले पहिलो साथ यही टकल धातुको लिँदै आएका छन्। शाब्दिक चकम र धनको प्रतिकात्मक तस्बिर सँगसँगै मानव सभ्यतासँग बढिरहेको सुन अझै वर्षौंसम्म यसैगरी जाने देखिन्छ। 

images
images

सुनमाथिको लगानीमा मानवीय मनोविज्ञानलाई पनि छुट्याएर हेर्न मिल्दैन। मौलिक दृष्टिकोणलाई विचार गर्ने हो भने सुनलाई मुद्रास्फीतिको विरुद्ध अनुकुल बचाउको साधनका रुपमा पनि लिइन्छ। गिर्दो मुद्राको अवस्थामा जोगाउने साधनका रुपमा सुनको भण्डारणले काम गरिदिन्छ। किनभने मूल्यको शक्ति सुनजति सायदै अरू केहीमा छ। 

images
images

यसैले पनि होला अहिले सुनको मूल्यमा उकालो देखिएको छ। नेपाली बजारमा आइतबार एकैदिन प्रतितोला २ हजार ९ सय रूपैयाँले बढेर कीर्तिमानी मूल्यमा पुगेको सुन सोमबार पनि प्रतितोला ६ सय रूपैयाँले महँगिएर हालसम्मकै उच्च बिन्दु १ लाख ३६ हजार २ सय रूपैयाँमा पुग्यो। 

सुनको मूल्य अन्तर्राष्ट्रिय बजारमा फेरि उच्च बिन्दुको यात्रामा रहेको छ। यही कारणले नेपाली बजारमा पनि सुनको मूल्य उच्च बिन्दुमा पुगेको छ। नेपाली बजारमा मूल्यले उच्च बिन्दु छुनुको कारण अन्तर्राष्ट्रिय बजारको मूल्यवृद्धिमात्र होइन डलरको अधिमूल्यन पनि मुख्य कारण हो। 

अहिले सुनको मूल्यमा उछाल आइरहनुको मुख्य कारण डलर इन्डेक्समा भइरहेको गिरावट नै मानिएको छ। साथै अमेरिकी फेड रेटमा भएको कटौती, बढ्दो भू-राजनीतिक जोखिम, चीनले व्यापक रुपमा गरिरहेको सुन खरिद, अर्थतन्त्रको अन्य क्षेत्रमा देखिएको अनिश्चितता जस्ता कराणले विश्व बजारमा सुनको मूल्य बढिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन्। 

लगानीकर्ताहरूले सुनलाई सुरक्षित लगानीका रुपमा हेरेर गरिएको खरिद, युक्रेन र मध्यपूर्वलगायतका केही क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका कारण पनि सुनको मूल्यमा प्रभाव परिरहेको छ। 

नेपाली समाजमा त सुन आभुषणमात्रै होइन संस्कृति नै बनेको छ। नाता जोड्ने माध्यम बनेको छ। कसैको सम्झना बनेको छ। कसैको चिनो बनेको छ। सम्बन्ध चम्काउने माध्यम बनेको छ। जोड्ने बेलामात्रै होइन, छोड्ने बेला पनि सुनकै खाँचो छ। धेरैको विश्वासमा बन्छ, अन्तिम सास फेर्न तुलसीको मठमा पल्टिएको बेला सुनपानी खुवाए ‘स्वर्गको बाटो'।

विस्तारै उकालो चढ्ने देखिएको सुनको मूल्यले इतिहासलाई छिटो-छिटो पछि पार्दै छ। २०७५ चैतमा ६० हजार ६ सय रूपैयाँ प्रतितोलाको मूल्यलाई अहिले पाँच वर्षपछि फर्केर हेर्दा नै त्यो देखिन्छ। पाँच वर्षमा ७५ हजार ६ सय रुपैयाँ मूल्य बढेको छ। 

नेपालमा अन्तर्राष्ट्रिय मूल्यका आधारमा सुनको भाउ निर्धारण गरिन्छ। अन्तर्राष्ट्रिय बजारमा अघिल्लो दिन राति १२ बजे कायम भएको प्रतिऔँस सुनको मूल्य भोलिपल्ट भन्सार दर, बैंकको लागत र नाफा, वैदेशिक विनियम दर र व्यवसायीको नाफा जोडेर मूल्य तय गरिन्छ।

नेपालमा सुनको मूल्य निर्धारणको जिम्मा सुनचाँदी व्यावसायी महासंघलाई दिइएको छ। २०६६ साल अघि नेपालमा खुल्लारुपमा सुनको आयात गर्न पाइन्थ्यो। २०६६ पछि भने नेपाल राष्ट्र बैंकले बैंकिङ च्यानलबाट मात्रै सुनको आयात गर्न पाइने नियम बनायो। त्यतिबेला जुनसुकै वाणिज्य बैंकले दैनिक १० किलो सुन आयात गर्न सक्थे।

दैनिक सुन आयातको कोटालाई तलमाथि गर्दै आएको छ राष्ट्र बैंकले। आवश्यकताअनुसार राष्ट्र बैंकले सुनको कोटा निर्धारण गर्दै आएको छ। हाल दैनिक २० किलो सुन आयात गर्न पाइन्छ। 

अहिलेको अवस्था आँकलन गर्दै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य अझै बढ्ने अनुमानहरू भइरहेका छन्। मूल्य बढिरहँदा यसमा भइपरीआउने लगानीबाहेक नै पनि आकर्षण कम भएको देखिँदैन। 

चर्को मूल्यवृद्धि नियन्त्रण गर्न ब्याजदर बढाएका संसारभरिका केन्द्रीय बैंकहरूले सुनको माग बढाएकाले पनि अहिले यसको मूल्य थप उकालो लागेको बताइन्छ। सन् २०२२ मा त केन्द्रीय बैंकहरूले ऐतिहासिक रूपमा सुन खरिद गरेका थिए। त्‍यसबेला टर्की, उज्वेकिस्तान, भारत र कतार जस्ता देशले उच्च गतिमा सुन किनेका आँकडाहरू छन्। 

बैंकहरू कमजोर भएकाले पनि लगानीकर्ताहरूले लगानी सुरक्षित बनाउन सुनको शरण लिइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले बताइरहेका छन्। डलरको मूल्य घट्दा मूल्यवृद्धि बढ्छ। मूल्यवृद्धि बढ्दा सुनको मूल्य पनि बढ्ने गरेको छ। अमेरिकी डलरको विकल्पका रुपमा सुनलाई लिएर लगानी गर्नेहरू रहेकाले पनि यसको मूल्य बढिरहेको छ। केन्द्रीय बैंकहरूले आफ्नो मुद्राको सुरक्षा प्रत्याभूतिका लागि पनि मुख्य सम्पत्तिका रुपमा सुनको मौज्दात बढाउँदै लगेका छन्। 

सयौँ वर्ष भयो सुनमाथि मानिसको विश्वास जोडिएको। व्यापार विनिमयका अरू दर्जनौँ माध्यम यताउता भइसक्दा सुन भने प्रयोगमा अझ व्यापक बनिरहेकै छ। लगानीको माध्यम सँगसँगै जीवनयापनसँगै जोडिँदा नेपाली बजारमा यसको प्रयोग अनिवार्य झैँ बनिरहेको छ। 

आर्थिक सामाजिक पाटोसँगै सुनको धार्मिक र सांस्कृतिक सम्बन्धलाई पनि हेर्ने हो भने त यो अझै व्यापक देखिन्छ। कतिपयले त यसको औषधीय गुणका बारेमा पनि चर्चा गर्ने गरेका छन्। आयुर्वेदमा स्वर्णभस्मको सेवनले आयु र शक्ति वृद्धि हुनुका साथै रोग नाश हुने उल्लेख भएको जानकारहरू बताउँछन्। धर्म संस्कृतिको अभिन्न अंगमात्रै होइन नेपाली समाजले उखान टुक्कादेखि गीत संगीतमा सुनलाई जोडेको वर्षौं भयो। 

कुनै अन्य वस्तुभन्दा भिन्न जगतको स्वीकारोक्ति गरिएको समयको सुरुवातदेखि नै समाजको आकर्षण सुनमा बढ्दै गएको छ। कति साम्राज्यहरू सुनकै कारण उलटपुलट भए। इतिहासले सुनलाई अन्य कुनै पनि वस्तुभन्दा बढी शक्तिशाली बनाउँदै यहाँसम्म ल्याएको छ। सन् १९७० सम्म त अमेरिकी मौद्रिक प्रणाली नै सुनमा आधारित रहेको थियो। सुनको भौतिक आपूर्तिसँग जोडिएको त्यस्तो प्रणाली फेरिए पनि सारमा विषय अझै उस्तै छ।


प्रकाशित : मंगलबार, चैत २७ २०८०१०:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend