सोमबार, वैशाख २९ गते २०८२    
सोमबार, वैशाख २९ २०८२
images
images

ट्र्याक खुलेको २० वर्षपछि गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै

images
सोमबार, चैत २६ २०८०
images
ट्र्याक खुलेको २० वर्षपछि गलुवा-भकुण्डे सडक कालोपत्र हुँदै

गलुवा-काउले-देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ।

images
images

गलकोट- सालमा ट्र्याक खोलिएको बागलुङको गलुवा-भकुण्डे सडक कालोपत्रको चरणमा पुगेको छ। जनश्रमदान र चन्दा उठाएर खनेको सडक कालोपत्र हुन लागेपछि स्थानीयवासी हर्षित छन्।

images
images
images

बागलुङ नगरपालिका र संघीय सरकारको समपुरक बजेटमा सडक कालोपत्र गर्न लागिएको हो। गलुवा-काउले-देउराली सडक अन्तर्गत रहेको ६ किमि सडकमध्ये पहिलो चरणमा तीन किमि सडक कालोपत्रको अन्तिम तयारीमा पुगेको छ।

images
images

बागलुङ नगरपालिकाको रु पाँच करोड र संघीय सरकारको पाँच करोड गरी १० करोड लागत अनुमान गरिएको सडक सात करोड २९ लाखमा केबी पूर्णचण्डी ताण्डवेश्वर जेबीसँग दुई वर्षमा काम सक्ने गरी २०८० जेठ १९ गते सम्झौता भएको थियो।

images
images

'बीस वर्ष अघि हामीले चन्दा उठाएर सडक खनेका थियौँ, पहिला तित्याङबाट खनिएको सडक पछि छोटो बनाउन गलुवाबाट भकुण्डे जोडिएको थियो। ट्र्याक खोलिएको २० वर्षपछि कालोपत्र हुन लागेको छ,' स्थानीयवासी नरबहादुर थापाले भने, 'जनताले श्रमदान र चन्दा दिएर खनेको सडक कालोपत्र हुन लागेकोमा हामी खुसी छौँ।'

बागलुङ नगरपालिका-१० भकुण्डेका वडा अध्यक्ष तिलबहादुर थापाले भकुण्डे पुग्ने ६ किमि सडक कालोपत्रको योजना रहेकोमा पहिलो चरणमा तीन किमि सडक कालोपत्रको पूर्वाधार निर्माण भइसकेको जानकारी दिए।

हाल सडक चौडा बनाउने, नाली, कल्भर्ट निर्माण, पक्की पर्खाल लगाउने, ग्याबिन जाली लगाउने र घुम्ती तथा भिरालो सडक ढलान गर्ने काम सकिएको अध्यक्ष थापाले बताए।

सडक कालोपत्रका लागि आवश्यक पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेको बागलुङ नगरपालिकाका इञ्जिनियर सोविन घर्तीले जानकारी दिए। सम्झौता भएको नौ महिनामै सडकको पूर्वाधार निर्माण अन्तिम चरणमा पुगेपनि सङघ सरकारबाट चालु आर्थिक वर्षमा थप बजेट नआउँदा कालोपत्र गर्न ढिलाइ हुने नगरपालिकाले जनाएको छ।

विसं २०८२ जेठ १९ गते सक्नुपर्ने कालोपत्रको काम त्यस अगावै सक्ने तयारीमा निर्माण व्यवसायी थिए, तर बजेट अभावले आगामी आर्थिक वर्षसम्म काम सकेर नगरपालिकालाई  हस्तान्तरण गर्ने तयारी छ। 

'कामको गति तीव्र थियो,' इञ्जिनीयर घर्तीले भने 'बहुवर्षीय ठेक्का भएका कारण आगामी वर्षसम्म ठेक्का धकेलिएको हो, उक्त सडक कालोपत्र सकिएलगत्तै थप तीन किमिका लागि ठेक्का लगाउने तयारी नगरपालिकाको छ।'

यस्तै नगरपालिकाको पञ्चकोट पुग्ने सडक कालोपत्र गर्न संघीय सरकार र बागलुङ नगरपालिकाको समपूरक योजनामा १० करोड रूपैयाँ लागत मूल्यांकन गरेर स्विकृतिका लागि पठाइएको घर्तीले बताए। भकुण्डे जिल्लाकै पहिलो घरबास सञ्चालन गरिएको गाउँ हो। तर सडक स्तरोन्नती नहुँदा पर्यटकले सास्ती भोग्दै आएका थिए। रासस


प्रकाशित : सोमबार, चैत २६ २०८०१४:४२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend