शनिबार, जेठ ५ गते २०८१    
images
images

भारतद्वारा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

images
बिहीबार , चैत २२ २०८०
images
images
भारतद्वारा खोटाङमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको निर्माण

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

images
images

काठमाडौं- ‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको ३ करोड ६१ लाख आर्थिक सहयोगमा नेपालको खोटाङ जिल्लाको श्री शारदा माध्यमिक विद्यालयमा छात्रावास भवन निर्माण गरिएको छ।

images
images
images

रावा बेसी गाउँपालिकामा रहेको विद्यालय एवम् छात्रावास भवनको बिहीबार जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, रावा बेसी गाउँपालिकाका अध्यक्ष फटिक कुमार श्रेष्ठ र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव सुमन शेखरले संयुक्त रुपमा उद्घाटन गरेका हुन्।

images

उक्त कार्यक्रममा जनप्रतिनिधि, सरकारी अधिकारी, समाजसेवी, विद्यालय व्यवस्थापनका प्रतिनिधि, शिक्षक/शिक्षिका, अभिभावक तथा विद्यार्थीहरुको पनि उपस्थिति रहेको थियो।

images
images

'नेपाल-भारत विकास सहकार्य’ अन्तर्गतको भारत सरकारको अनुदान सहयोग दुई तले विद्यालय भवन, छात्रावास भवनको निर्माण र दुवै भवनका लागि आवश्यक फर्निचरको खरिदका लागि उपयोग गरिएको थियो। यो परियोजना जिल्ला समन्वय समिति, खोटाङमार्फत कार्यान्वयन गरिएको हो।

images
images

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत पहिले साना विकास परियोजनाका नामले परिचित यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

उक्त विद्यालय सन् १९५२ मा स्थापना भएको हो। कक्षा १ देखि प्लस टु तहसम्म अध्यापन हुने यस विद्यालयमा ३६५ भन्दा बढी विद्यार्थीहरु अध्ययनरत छन् जसमा ५० प्रतिशत छात्रा रहेका छन्। गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयले उल्लेखनीय सफलता हासिल गरेको छ।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५ सय ५० वटाभन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेका छन्।

यीमध्ये कोशी प्रदेशका विभिन्न क्षेत्रमा ८५ वटा परियोजना रहेका छन् जसमा एउटा परियोजना खोटाङमा रहेको छ।

यसका साथै भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९ सय ७४ वटा एम्बुलेन्स र २ सय ३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये कोशी प्रदेशलाई १ सय ४१ वटा एम्बुलेन्स र ३५ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ। यसमा ४ वटा एम्बुलेन्स र एउटा स्कुल बस खोटाङ जिल्लालाई उपलब्ध गराइएको छ।


प्रकाशित : बिहीबार , चैत २२ २०८००६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend