शनिबार, जेठ ५ गते २०८१    
images
images

नक्कली बिल पेस गरी भ्याट छल्ने मकवानपुरका नौ व्यवसायीलाई कारबाही

images
बिहीबार , चैत २२ २०८०
images
images
नक्कली बिल पेस गरी भ्याट छल्ने मकवानपुरका नौ व्यवसायीलाई कारबाही

जरिवानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि आन्तरिक राजस्व कार्यालय हेटौँडाले ताकेतासमेत गर्दै आएको जनाएको छ।

images
images

बागमती- नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी भ्याट अर्थात् मूल्य अभिवृद्धि कर छल्ने मकवानपुरका नौ जना व्यवसायीलाई छलिएको राजस्वसहित जरिवाना गरिएको छ। आन्तरिक राजस्व कार्यालय हेटौँडाका अनुसार ती व्यवसायीमाथि जरिवानासहित छ करोड २७ लाख ६८ हजार एक सय ५८ रूपैयाँ कर निर्धारण गरिएको छ।

images
images
images

साथै जरिवानासहित निर्धारण गरिएको रकम बुझाउनका लागि आन्तरिक राजस्व कार्यालय हेटौँडाले ताकेतासमेत गर्दै आएको जनाएको छ। कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार नक्कली तथा झुठा बिल भर्पाइ पेस गरी राजस्व छल्नेमाथि लामो समयको अनुसन्धानपश्चात् जरिवानासहित कर निर्धारण गरिएको छ। तोकिएको राजस्व बुझाउनका लागि सम्बन्धित व्यवसायीलाई पटकपटक पत्रसमेत दिइएको बताइएको छ।

images

कार्यालयबाट प्राप्त विवरणअनुसार आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म राजस्व छल्ने काम भएको तथा त्यसबापत जरिवानासहित छ करोड २७ लाख ६८ हजार एक सय ५८ रूपैयाँ राजस्व तोकिएको उनले बताए।

images
images

ती नौ जना व्यवसायीवाट मूल्यअभिवृद्धि करको नक्कली बिलबापत एक करोड ७५ लाख १३ हजार ७ सय ८८ रूपैयाँ तथा थप जरिवानासहित आयकर निर्धारण चार करोड ५२ लाख ५४ हजार तीन सय ७० रूपैयाँ गरी कुल छ करोड २७ लाख ६८ हजार १ सय ५८ रूपैयाँ राजस्व बक्यौता रहेको छ।

images
images

पटकपटक ताकेता गरेपछि एक जना व्यवसायीबाट एक लाख ३४ हजार ९ सय ३८ रूपैयाँ मूल्य अभिवृद्धिकरसहित जरिवाना रकम असुल भइसकेको सो कार्यालयले जनाएको छ।

यसैबीच सो कार्यालयले चालू आर्थिक वर्ष २०८०/८१ को फागुन मसान्तसम्ममा चार अर्ब छ करोड ३८ लाख राजस्व संकलन गरेको छ। प्राप्त विवरणमा सो अवधिमा आयकरतर्फ ७१ करोड ४३ लाख रूपैयाँ तथा अन्त शुल्कबापत दुई अर्ब २४ करोड रूपैयाँ तथा मूल्य अभिवृद्धिकरबापत ७१ करोड ४६ लाख रूपैयाँ राजस्व संकलन भएको सो कार्यालयले जनाएको छ। सो राजस्व लक्ष्यको ७६ प्रतिशत संकलन भएको हो। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८००५:४०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend