आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

लगानी बोर्डले गर्‍यो चार आयोजनाको १ खर्ब लगानी स्वीकृत

images
बिहीबार , चैत २२ २०८०
images
लगानी बोर्डले गर्‍यो चार आयोजनाको १ खर्ब लगानी स्वीकृत

सुपर तमोर, अप्पर मोदी ए लगायत चार आयोजनाका लागि ९९ अर्ब २० करोड रूपैयाँको लगानी स्वीकृत भएको हो।

images
images

काठमाडौं- लगानी बोर्डले झन्डै १ खर्ब रुपैयाँ लगानी स्वीकृत गरेको छ। लगानी बोर्ड नेपालको ५७औँ बोर्ड बैठकले चार आयोजनाको ९९ अर्ब २० करोड रूपैयाँ लगानी स्वीकृत गरेको हो।

images
images
images

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकले सुपर तमोर, अप्पर मोदी ए, तल्लो मनाग एचईपी र २५० मेगावाटको सौर्य ऊर्जा आयोजनाका लागि ९९ अर्ब २० करोड रुपैयाँको लगानी स्वीकृत गरेको हो।

images
images

साथै बोर्डले नेपाल लगानी सम्मेलन २०२४ लाई प्रभावकारी रुपमा आयोजना गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ।

images
images

बैठकमा प्रधानमन्त्री दाहालले लगानी सम्मेलन सफल बनाउन आग्रह गरेका थिए। तेस्रो लगानी सम्मेलनको पूर्वसन्ध्यामा बसेको बैठकमा प्रधानमन्त्री दाहालले नेपालमा लगानीको अनुकूल अवस्था रहेको सन्देश दिन आवश्यक रहेको समेत बताए। 

देशभित्र सार्वजनिक-निजी साझेदारीको वातावरण विकास गर्नुपर्नेमा जोड दिँदै प्रधानमन्त्री प्रचण्डले सबै निकायहरूले पीपीपी परियोजनालाई प्रभाव पार्न सक्ने बोर्डका निर्णयलाई ध्यान दिन निर्देशित गरेका थिए।

उनले सार्वजनिकनिजी साझेदारीका परियोजनामा परिणाममा आधारित ढाँचामा कसरी काम गर्ने भन्ने विषयमा सरकारका अन्य निकाय तथा प्रदेश र स्थानीय तहलाई समेत विशेषज्ञता प्रदान गर्नुपर्ने बताए। 


प्रकाशित : बिहीबार , चैत २२ २०८०१३:४५

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend