शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

महुरे-फोक्सिङटार सडक निर्माण अलपत्र, ३५ प्रतिशतमात्र भौतिक प्रगति

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , चैत २२ २०८०
images
images
महुरे-फोक्सिङटार सडक निर्माण अलपत्र, ३५ प्रतिशतमात्र भौतिक प्रगति

सम्झौता थपिएको मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग भएका उपकरण र औजार लिएर निर्माण व्यवसायीले निर्माणस्थल छाडेका थिए।

images
images

खोटाङ- दिक्तेल बजारलाई पूर्वी तराईसँग जोड्ने सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत महुरे-फोक्सिङटार सडक कालोपत्रको काम अलपत्र परेको छ। 

images
images

दिक्तेल-गाईघाट सडकखण्डको महुरे-फोक्सिङटार (४८ किलोमिटर) सडकखण्ड दुई भागमा विभाजन गरी ठेक्का लगाएर कालोपत्र थालिएको थियो। महुरेदेखि राजापानीसम्मको २२ किमि सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही जेभीले ठेक्का लिएको थियो।

images
images

सिम्पानीभञ्ज्याङदेखि फोक्सिङटारसम्मको २६ किमी सडकखण्ड कालोपत्रको काम देवनारायण पवन-मैनाचुली-खाम्पाचे जेभीले जिम्मा लिएको थियो। कालोपत्रको काम सम्पन्न गरेर सडक विभागलाई हस्तान्तरण गरिसक्नुपर्ने दुवै सडकखण्ड अलपत्र पारिएको हो। 

images
images

भारत कन्ट्रक्सन-सिद्धी शाही जेभीले विसं २०७७ असार २९ गते सम्पन्न गर्ने गरी विसं २०७३ असार ३० गते ठेक्का सम्झौता गरेको थियो। सम्झौता मिति सकिएको लामो समय बितिसक्दासमेत सडक कालोपत्र हुन सकेको छैन। भ्याटबाहेक ४१ करोड ५० लाखको लागतमा ठेक्का लिएको ठेकेदार कम्पनीले हालसम्म ३५ प्रतिशतमात्र भौतिक प्रगति गरेको छ। 

सिम्पानीभञ्ज्याङ-फोक्सिङटार सडकखण्डको काम ५९ प्रतिशत भौतिक प्रगति भएको सडक विभागले जनाएको छ। भ्याटबाहेक ५५ करोड ८७ लाखमा विसं २०७७ साउन १० गतेभित्र कालोपत्र पूरा गर्ने गरी विसं २०७३ साउन ११ गते सो खण्डको ठेक्का सम्झौता भएको थियो। 

सुुरुदेखि ढिलासुस्ती गर्दै आएको निर्माण कम्पनीले पछिल्लो समय थपिएको अवधिमा काम नगरेको स्थानीयबासीको भनाइ छ।

महुरे-सिम्पानी खण्डमा गुणस्तरहीन काम भएको भन्दै स्थानीय मिलन राईको नेतृत्वमा गाउँले मिलेर विसं २०७६ पुस २३ गते करिब ३० मिटर ड्रेन भत्काएका थिए। काममा चरम ढिलासुस्ती, गुणस्तरहीन र कामदारले पारिश्रमिक नपाएको विरोधमा स्थानीयबासीले विसं २०७६ पुसमा विरोध गरी काम ठप्प पारेका थिए। 

ठेकेदार कम्पनीले महुरे-फोक्सिङटार सडकखण्डका होटल व्यवसायी तथा खुद्रा पसलका व्यापारीको लाखौँ रकम तिर्न बाँकी रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१४ बुईपाका वडाध्यक्ष दिनेश राईले जानकारी दिए। 

कालोपत्रको काम अलपत्र पार्ने ठेकेदार कम्पनीसँगको ठेक्का सम्झौता तोडेर नयाँ पक्रिया अगाडि बढाउन नेपाल सरकार, सङ्घीय अर्थमन्त्रालयमा बजेट माग गरिएको गाईघाट-दिक्तेल सडक कार्यालय उदयपुरका प्रमुख इञ्जिनियर सञ्जय मिश्रले बताएका छन्। 

'नयाँ पक्रियाका लागि अहिलेसम्म अर्थ मन्त्रालयले कुनै प्रतिक्रिया दिएको छैन। यस वर्षका लागि मर्मत गर्ने बजेट पनि हामीसँग छैन', उनले भने, 'अर्थ मन्त्रालयबाट नयाँ बजेटको व्यवस्था नभएसम्म कुनै काम अगाडि बढाउन सकिँदैन। नयाँ बजेट व्यवस्था गर्ने प्रयास भइरहेको छ।' 

सम्झौता थपिएको मिति सकिएपछि दुवै सडकखण्डमा प्रयोग भएका उपकरण र औजार लिएर निर्माण व्यवसायीले निर्माणस्थल छाडेका थिए। बजेट उपलब्ध भएको समयमा ठेकेदार कम्पनीले काम नगरेपछि पुनःबजेटको सुनिश्चितता गर्न समस्या भएको प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’ले बताए।

करिब एक सय ३४ किमी लामो दिक्तेल-गाईघाट सडकखण्डअन्तर्गत गाईघाटबाट खोटाङको महुरेसम्म (१०१ किमी) सडक कालोपत्र गर्न सडक विभागले सात वर्षअघि दुई अर्ब ६८ करोड बजेट विनियोजन गरेको थियो। 

फोक्सिङटारस्थित सुनकोसी नदीमा मोटरेबल पुल निर्माण भएपनि सडक कालोपत्र नहुँदा वर्षमा छ महिनासम्म यातायात अवरुद्ध हुने गरेको छ। रासस


प्रकाशित : बिहीबार , चैत २२ २०८००९:०५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend