बिहीबार , जेठ ३ गते २०८१    
images
images

म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियो

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, चैत २१ २०८०
images
images
म्याग्दीको विकट खिवाङगाउँ सडक सञ्जालमा जोडियो

सडक निर्माण भएपछि खिवाङका १ सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए। सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन्।

images
images

म्याग्दी- म्याग्दीको विकट क्षेत्रमा अवस्थित धवलागिरि गाउँपालिका-४ को खिवाङगाउँ सडक सञ्जालमा जोडिएको छ। धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाको लगानीमा खिवाङगाउँ सडक सञ्जालमा जोडिएको हो। 

images
images
images

धवलागिरि गाउँपालिका-४ का वडाध्यक्ष याम घर्तीमगरले लामो छहरा केङ्कीबाट खिवाङ जोड्ने करिब तीन किलोमिटर सडक निर्माण भएको बताए। 'खाम्ला-केङ्की-नाउरा हुँदै बगर जोड्ने मूल सडक निर्माण भइरहेको छ', उनले भने, 'केङ्कीबाट खिवाङ जोड्ने शाखा सडक निर्माण हालै पूरा भएको हो।'

images

सडक निर्माण भएपछि खिवाङका १ सय ८० घरपरिवार लाभान्वित भएका उनले बताए। सो सडकमा मोटरसाइकल, जिप र ट्रयाक्टर चल्न थालेका छन्।

images
images

६५ मेगावाट क्षमताको म्याग्दीखोला, ५३ मेगावाटको अपर म्याग्दी (१) र ३७ मेगावाटको अपर म्याग्दीखोला जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनीको संयुक्त लगानीमा खिवाङलाई सडक सञ्जालले जोडिएको गाउँपालिकाले जनाएको छ।

images
images

धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले हालसम्म सडक नपुगेको खिवाङ गाउँलाई यातायात सञ्जालमा जोड्न निर्माणाधीन जलविद्युत् आयोजनासँग समन्वय गरिएको बताए।

अपर म्याग्दी जलविद्युत् आयोजनाका संयोजक सुरेश घलेले सामाजिक सहयोग कार्यक्रमअन्तर्गत विकट गाउँ खिवाङ जोड्ने सडक निर्माण गरेको बताए। गाउँपालिकाको सक्रियतामा खाम्ला हुँदै खिवाङ जोड्ने सडक पनि निर्माणाधीन छ। 

जलविद्युत् आयोजनाले नाउरा हुँदै बगरगाउँ जोड्ने सडकको ट्र्याक खोल्ने कामलाई पनि अन्तिम चरणमा पुर्याएका गाउँपालिकाका उपाध्यक्ष रेशम पुनमगरले बताए। रासस

images

प्रकाशित : बुधबार, चैत २१ २०८०१०:००
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend