शनिबार, साउन १२ गते २०८१    
images
images
images

काठमाडौं पिंक केयरएथनको नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा २०२४ मा पुनरागमन

images
आइतबार, चैत १८ २०८०
images
images
काठमाडौं पिंक केयरएथनको नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा २०२४ मा पुनरागमन

आयोजकहरुका अनुसार कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधामा हुनेछ, जसमा ३ किमी, ५ किमी र १० किमी रहनेछ।

images

काठमाडौं- लेजर पोर्ट नेपाल प्रालि र नेपाल प्रहरी श्रीमती संघ नक्सालको सहकार्यमा काठमाडौं पिंक केयरएथोनको पुनरागमन हुने भएको छ। काठमाडौं पिंक केयरएथन आगामी बैशाख ८ मा बिहान ६:३० देखि १०:३० बजेसम्म हुनेछ।

images
images

आयोजकहरुका अनुसार कार्यक्रममा पैदल हिँडाइ र दौड गरी तीन विधामा हुनेछ, जसमा ३ किमी, ५ किमी र १० किमी रहनेछ।

images

सुरु र अन्त्य बिन्दु प्रहरी प्रधान कार्यालय नक्साल हुनेछ र दौडपछि सहभागीहरुलाई खाजा र जुस दिइनेछ। प्रत्येक सहभागीलाई टीसर्ट र फिनिशर्स पदक प्रदान गरिनेछ। प्रत्येक विधामा प्रथम पाँच जनालाई पुरस्कार दिइनेछ, र भाग्यशाली सहभागीहरुका लागि प्रशस्त उपहारहरू हुनेछन्।

भारतीय अभिनेता तथा मोडल जय भानुशालीले काठमाडौं पिंक केयरएथोनको २०२४ संस्करण सञ्चालन गर्नेछन्। सहभागीताका लागि सम्पूर्ण महिलाहरुले ईसेवामार्फत दर्ता गर्न सक्नेछन्।

images

काठमाडौं पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तिकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो।

काठमाडौंको दशरथ रंगशालामा २४ फेब्रुअरी, २०१७ मा आयोजित यसको पहिलो संस्करणले अत्याधिक प्रतिक्रिया तथा सफलता प्राप्त गरेको थियो। त्यसपछि पनि २०१८ र २०१९ मा यस कार्यक्रमले २५०० भन्दा बढी महिलाहरूलाई एकसाथ ल्याउन सफल भयो र त्यसपछि विश्वव्यापी कोभिड महामारीको कारण कार्यक्रम केही वर्षलाई रोकिएको थियो।

ब्रान्ड एम्बेसेडरहरू, विज्ञहरु, र विभिन्न क्षेत्रका प्रभावकारहरूको सहकार्यमा पिंक केयरएथनले महिलाहरूलाई आफ्नो र आफ्नो परिवारको लागि स्वस्थ जीवनशैली अपनाउन प्रोत्साहित गर्ने गरेको छ।


प्रकाशित : आइतबार, चैत १८ २०८०११:३६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend