बिहीबार , साउन १५ गते २०८२    
बिहीबार , साउन १५ २०८२
images
images

प्रधानमन्त्री देउवा कांग्रेस सभापतिमा पुन: निर्वाचित

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, मंसिर २९ २०७८
images
images
प्रधानमन्त्री देउवा कांग्रेस सभापतिमा पुन: निर्वाचित

बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी डा.शेखर कोइरालालाई ८७८ मतले पराजित गरेका छन्। कोइरालाले १८५५ मत ल्याए।

images
images

काठमाडौं-नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

images

बुधबार बिहान सकिएको अन्तिम मतपरिणाम अनुसार देउवा २७३३ मत ल्याएर कांग्रेस सभापतिमा दोस्रोपटक निर्वाचित भएका हुन्। उनले निकटतम् प्रतिद्वन्द्वी डा.शेखर कोइरालालाई ८७८ मतले पराजित गरेका छन्। कोइरालाले १८५५ मत ल्याए।

images
images

महाधिवेशनमा दोस्रो चरणको निर्वाचनबाट देउवा सभापतिमा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन्। दोस्रो चरणको निर्वाचनमा सभापति पदमा कुल ४६२३ मत खसेको थियो। त्यसमध्ये ३५ मत बदर भएको थियो। पहिलो चरणको निर्वाचनमा कुल ४६७९ मत खसेको थियो। ७६ मत बदर भएको थियो।

images
images
images

सभापतिका पाँच जना उम्मेदवारमध्ये कल्याणकुमार गुरुङले २२, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २५० मत शेखर कोइरालाले १७०२ र शेरबहादुर देउवाले २२५८ मत ल्याएका थिए।

पहिलो चरणको निर्वाचनमा कसैको बहुमत नआएपछि नतिजाका लागि दोस्रो चरणको निर्वाचन गरिएको थियो। दोस्रो चरणको निर्वाचनमा गुरुङ, सिंह र निधि तिनै जनाले देउवालाई सहयोग गरेका थिए।

देउवा १३औं महाधिवेशनमा नेता रामचन्द्र पौडेललाई पराजित गरेर पहिलोपटक सभापति निर्वाचित भएका थिए। पौडेल समूहमा उम्मेदवार को हुने भन्ने कलह चलिरहँदा कोइराला बलिया उम्मेदवार बनेर मैदानमा निस्किएका थिए। सिंहले आफ्नो उम्मेदवारी नछाडेपछि पौडेल समूहबाट दुई जना उम्मेदवार भएका थिए।

निधि र सिंह दुवै मिलेपछि देउवाले सहज जित निकालेका हुन्। देउवा डडेलधुरा जिल्लाको साबिक असिग्राम गाविस वडा नम्बर ५ मा जन्मेका थिए। पञ्चायतकालदेखि नै विद्यार्थी राजनीतिमा रहेका देउवा पाँचपटक प्रधानमन्त्री भइसकेका छन्।


प्रकाशित : बुधबार, मंसिर २९ २०७८०१:५५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend