बिहीबार , वैशाख १३ गते २०८१    
images
images

द ओबराय काठमाडौं : ८ ठूला भवन, १६० बेड

images
images
images
द ओबराय काठमाडौं : ८ ठूला भवन, १६० बेड
images
images

काठमाडौं- सिप्रदी ट्रेडिङका अध्यक्ष सिद्धार्थ शमशेर राणाले काठमाडौंमा निर्माण गर्ने पाँच तारे होटल 'द ओबराय काठमाडौं’मा १६० बेड निर्माण हुने भएको छ। ८ ठूला भवन हुने होटललाई नेपालकै नमूना होटलका रुपमा बनाउने गरी तयारी गरिएको छ।

images
images
images

होटलमा खासगरी विश्वका धनीहरू र अर्बपतिहरूलाई आकर्षित गर्ने गरी होटलको संरचना र ब्रान्डिङ गरिने भएको छ। जसको लागि काठमाडौंको होटलमा अन्तर्राष्ट्रिय मापदण्डको पालना गरिने छ। 

images

रबिभवनमा निर्माण हुने उक्त होटलमा भवनमा मात्रै ५ अर्ब ४१ करोड रुपैयाँ खर्च हुने छ। राणाले खरिद गरेको जग्गाको मात्रै ६ अर्ब रुपैयाँभन्दा बढी मूल्यको रहेको छ। यसका कारण होटलको कुल लगानी जग्गासहित ११ अर्ब ५० अर्ब हाराहारी हुने अनुमान गरिएको छ।  

images
obrayo.PNG

४६ रोपनी १० आना २ पैसा जग्गा क्षेत्रफलमा रहने होटलमा ८ वटा ठूला भवन बन्ने छन्। सवै ब्लक एक आपसमा जोडिने छन्। जग्गाको ४० प्रतिशत भाग भने खुला रहने छ। जसमा बगैँचासहितका संरचना तयार हुने छन्। होटलमा १०८ वटा कार र ६८ वटा मोटरसाइकल अट्ने क्षमताको पार्किङ तयार हुने छ। ठूला सेनिनारदेखि साना सेमिनारका लागि हलहरू निर्माण हुने छन्। 

images
images

भवन निर्माणको लागि १८ लाख ९४ हजार ३ सय ६८ वटा इट्टा लाग्ने अनुमान गरिएको छ। ७ हजार ८ सय मेट्रिकटन सिमेन्ट आवश्यक पर्ने अनुमानसमेत गरिएको छ।

होटलमा तीन वटा रेष्टुरेन्ट हुने छ। प्रत्येक रेष्टुेन्टको क्षमता ८० सिटको रहने छ। सुप्रभ्य होटल एण्ड रिसार्ट प्रालिले सञ्चालन गर्ने उक्त होटलको व्यवस्थापन भने भारतबाट सुरु भएको ‘द ओबराय’ ले गर्ने छ। 

डिलक्स होटलमा म्यानेजमेन्ट भारतको चर्चित चेन होटल ‘ओबराय’ले गर्नेगरी सम्झौता गरिसकेको छ। होटल निर्माण अवधिभर ३५० जनाले रोजगारी पाउने छन्। सञ्चालनपछि २२० जनाले रोजगारी पाउने छन्। सन् २०२१ बाट प्रारम्भिक निर्माणको काम सुरु गरेका राणाले सन् २०२६ सम्म सञ्चालनमा ल्याउने लक्ष्य राखेका छन्। सन २०२२ भित्र भवनको बाहिरी संरचना निर्माण गरेपछि भित्री भागको संरचना निर्माण सुरु हुने छ। 

obreyo.PNG

राणाले सोही प्रकृतिको होटल नेपालगञ्जमा पनि बनाउने गरी तयारी थालेका छन्। जहाँ सन् २०२३ पछि मात्रै निर्माण सुरु गर्ने योजना सिद्धार्थ राणाको छ। उनले व्यवस्थापनलाई काठमाडौंका एउटा आकारमा आएपछि नेपालगञ्जमा सुरु गर्नेगरी तयारी गर्न जिम्मा दिएका छन्। 

भारतको चर्चित चेन ‘द ओबराय’  

भारतको चर्चित ब्रान्ड ‘द ओबराय’ ग्रुप सन् १९३४ मा स्थापना भएको हो। लक्जरी होटल समूह ओबराय मोहन सिंह ओबरायले स्थापना गरेका हुन्। द ओबराय ग्रुपको केन्द्रीय कार्यालय भारतको दिल्लीमा रहेको छ। ओबराय होटल हालसम्म ३३ स्थानमा सञ्चालनमा रहेका छन्।

३१ वटा विलाशी होटल हुन् भने ३ वटा रिभर क्रुज सिपमा छन्।ओबरायको चेन भारतसहित विभिन्न देशमा रहेका छन्। ओबराय ग्रुपले होटल र रिसोर्टमा मात्र लगानी गर्दै आएको छ। ओबरायको होटल भारतको मुम्बई, जयपुर, दिल्ली, कोलकातालगायत सहरमा सञ्चालनमा छन्। दुबई, साउदी अरब, इजिप्ट, मोरक्को र युरोपका अधिकांश देशमा पनि रहेका छन्।

images

प्रकाशित : मंगलबार, मंसिर २८ २०७८१२:४९

प्रतिक्रिया दिनुहोस