आइतबार, वैशाख १६ गते २०८१    
images
images

२१ करोड ६८ लाखको लगानीमा तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

images
बिजनेस न्युज
images
images
२१ करोड ६८ लाखको लगानीमा तनहुँ र चितवनलाई जोड्ने ठिमुरामा पक्की पुल

तनहुँको घिनाटार र चितवनको ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ।

images
images

तनहुँ- तनहुँको देवघाट गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका जोड्ने त्रिशूली नदीमा २१ करोड ६८ लाख ४८ हजार रुपैयाँको लागतमा पक्की पुल निर्माण भएको छ। 

images
images
images

तनहुँको देवघाट गाउँपालिका-५ घिनाटार र भरतपुर महानगरपालिका-१ ठिमुरा जोड्ने उक्त पुल सञ्चालन पनि सञ्चालन भइसकेको छ। देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले पुलको औपचारिक उद्घाटनको योजना रहेको बताएका छन्। 

images

पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष टंकनाथ पौडेलले यही चैत १७ गते शनिबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उक्त पुल उद्घाटनका निम्ति अनुरोध गर्ने निर्णय भएको जानकारी दिए।

images

उद्घाटनका निम्ति राष्ट्रपतिलाई आमन्त्रण गरिएको सन्दर्भमा आज तनहुँ र चितवनका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा प्रमुखहरुको बैठक हुने उनले बताए। विसंं २०७१ कात्तिक २० गते पुल निर्माण थालिएको थियो। रासस

images
images

images

प्रकाशित : बुधबार, चैत १४ २०८००९:३७
प्रतिक्रिया दिनुहोस