शनिबार, साउन १२ गते २०८१    
images
images
images

‘हिमालयन इन्टरप्राइजेजको जग्गाबारे भ्रम फैलाइयो, जग्गा हडपेको छैन’

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, चैत ४ २०८०
images
images
‘हिमालयन इन्टरप्राइजेजको जग्गाबारे भ्रम फैलाइयो, जग्गा हडपेको छैन’
images

काठमाडौं- ललितपुरको पुल्चोकमा रहेको हिमालयन इन्टरप्राइजेज प्रालिको जग्गाबारे भ्रम फैलाइएको भन्दै कम्पनीले ध्यानाकर्षण गराएको छ। 

images
images

कम्पनीले कानूनबमोजिम प्राप्त गरेको जग्गालाई बिनाआधार प्रमाण अनर्गल भ्रम फैलाएर सामूहिक रुपमा जग्गामाथि अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिएकाले त्यसो नगर्न कम्पनीले अनुरोध गरेको छ। 

images

'केही समूहले उक्त जग्गामाथि अनधिकृत रुपमा हक कायम गर्ने प्रयास गरिरहेको र कम्पनीका सञ्चालकहरूको व्यक्तिगत मान, प्रतिष्ठामा आँच आउने गरी विभिन्न सञ्चार माध्यम, सोसल मिडियाहरूमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरिएकोप्रति यस कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ' ध्यानाकर्षणपत्रमा भनिएको छ। 

कित्ता नं.४३ को ४-४-१-० रोपनी जग्गा २०३८ देखि विभिन्न तहगत न्यायिक निकायबाट कानूनी उपचारको माध्यमबाट हिमालयन इन्टरप्राइजेज प्रालिका नाममा हक कायम भएको कम्पनीले जनाएको छ। 

images

कम्पनीका अनुसार २०५१ जेठ १० मा कम्पनी खरिदसँगै कम्पनीको सम्पत्तिको रुपमा उक्त जग्गा आएको थियो। त्यसको जग्गा छुट दर्ता सम्बन्धमा सर्वोच्च अदालतबाट २०५७ जेठ ३२ मा भएको फैसला एवं (सम्वत् २०५९ को रिट नं. २७९९) २०६२ कात्तिक १ मा भएको परमादेशको आदेशमा मालपोत कार्यालयबाट कानूनबमोजिम गर्नु भनिएको थियो। 

सोही फैसलाअनुरुप कारबाही हुँदा २०६६ साउन १२ मा वडा नं. ३ को कार्यालयबाट गरिएको सर्जमिन मुचुल्कामा मिखावहाल गुठी, छायवहाल ञवा खल लगायतका सम्पूर्ण गुठी तथा सम्बन्धित पक्षहरुले कम्पनीको जग्गा भनी सर्जमिन गरेको जनाइएको छ। 

त्यसपश्चात् उक्त जग्गा कम्पनीको नाममा दर्ताका लागि सिफारिस भएअनुरुप २०६७ पुस २९ मा हिमालयन इन्टरप्राइजेजको नाममा छुट जग्गा दर्ता गर्ने निर्णय भई जग्गाधनी प्रमाण पुर्जा समेत जारी भएको कम्पनीले जनाएको छ। 

कम्पनीले भनेको छ, ‘सो जग्गा सम्बन्धमा विभिन्न व्यक्तिहरुले हकदाबीे गरी मालपोत कार्यालय, पुनरावेदन अदालत एवं सर्वोच्च अदालतमा मुद्दा गरे पनि उक्त जग्गा कम्पनीको कायम हुने भनी मुद्दा नं. (०७४-सीआई-०४८२) र (०७४- सीआई-०४८४) मा श्री सम्मानित सर्वोच्च अदालतवाट मिति २०७९/११/२३ अन्तिम फैसला भइसकेको अवगत गराउदछौँ।’


प्रकाशित : आइतबार, चैत ४ २०८०१३:३५
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend