शनिबार, साउन १२ गते २०८१    
images
images
images

धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

images
बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, चैत २ २०८०
images
images
धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा

धनगढी चौराहा-कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डिभोटी-पिपल चौतारा-जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ।

images

कैलाली- एसियाली विकास बैंकको सहयोगमा धनगढी उपमहानगरपालिका क्षेत्रभित्रका सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको छ। 

images
images

उपमहानगरपालिका क्षेत्रभित्र सघन सहरी र क्षेत्रीय सहरी विकास आयोजनाले कार्यान्वयनमा ल्याएको ढल लगायत भौतिक पूर्वाधार निर्माण एवं सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो।

images

सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीका अनुसार धनगढीमा पहिलो चरणमा निर्माणका लागि सम्झौता भएका सडकमा प्रहरी गुल्मदेखि चर्चसम्मको दुई किलोमिटर सात मिटर, धनगढी मेनरोड (ट्राफिक चौराहदेखि कैलाली नाला) सम्म एक किलोमिटर ३८ मिटर र चटकपुरदेखि कैलाली बहुमुखी क्याम्पस गेटसम्म तीन किलोमिटर ६५ मिटर रहेका छन्।

त्यस्तै, धनगढी-क्याम्पसगेट-जोखरताल सडक ७० मिटर, डिभोटी-जाई, हसनपुर रोड एक किलोमिटर १५ मिटर र मालपोत रोड ४३ मिटर रहेका छन्।

images

एसियाली विकास बैंक (एडीबी) ले धनगढी उपमहानगरपालिकाका लागि सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड बजेटबाट १० दशमलव २५ किलोमिटर सडक मात्रै निर्माण गर्न सकिने भएकाले दुई चरणमा सडक स्तरोन्नतिको काम भइरहेको आयोजनाका सूचना अधिकारी शौरभ कलौनीले बताए। 

उनका अनुसार १० दशमलव ८ किलोमिटर सडक स्त्तरोन्नतिका लागि १२ जुलाई सन् २०२० मा ३१ मार्च २०२४ मा सम्पन्न गर्ने गरी कालिका कन्ट्रक्सनसँग ७६ करोड ९० लाख ६७ हजारमा सम्झौता भएको हो।

स्तरोन्नति भइरहेका सडकको भौतिक प्रगति ८५ देखि ९० प्रतिशत रहेको कलौनीले जानकारी दिए। पहिलो चरणमा निर्माणाधीन अधिकांश सडकको काम सम्पन्न भइसकेको छ भने केही निर्माणाधीन सडकको काम अन्तिम चरणमा रहेको उनको भनाइ छ।

धनगढी चौराहा-कैलालीपुल, हुलाकी सडकदेखि जाखोर ताल, चटकपुर रोडदेखि क्याम्पस गेट र डिभोटी-पिपल चौतारा-जाई सडकमा साइकल पथको पनि व्यवस्था गरिएको जनाइएको छ। साइकल पथको चौडाइ एक दशमलव पाँच मिटर रहको छ भने नालीको चौडाइ एक दशमलव दुईदेखि दुई मिटर रहकको जनाइएको छ।

क्षेत्रीय सहरी विकास कार्यक्रमअन्तर्गत सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राण्ड विद्युतीकरण निर्माणसहितको चार लेन र दुई लेनका सडक निर्माण डिपिाएका गर्ने उल्लेख गरिएको आयोजना कार्यालयले जनाएको छ। 

यसैगरी उपमहानगरसँग सीमा जोडिएको कैलालीको गोदावरी नगरपालिकामा पनि कार्यान्वयनमा रहेका गेटा अस्पताल-जोनापुर, गेटा-लालपुर, हरैया-चौराही, लालपुर- गौठी, कत्था फ्याक्ट्री-जोनापुर, चौकीडाँडा-चाक्ले खोलालगायत सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको जनाइएको छ।

गोदावरीमा निर्माणाधीन सडकको भौतिक प्रगति ९३ प्रतिशत र वित्तीय प्रगति ७२ प्रतिशत रहेको सूचना अधिकारी कलौनीले बताए। गोदावरीमा कालिका कन्ट्रक्सनसँग ५४ करोड ४३ लाख ९७ हजार रुपैयाँमा सम्झौता भएको जनाइएको छ। रासस


प्रकाशित : शुक्रबार, चैत २ २०८०११:१०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend