शनिबार, वैशाख १५ गते २०८१    
images
images

राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल

images
images
images
राष्ट्रियसभा अध्यक्षमा नारायण दाहाल

३९ मतसहित सत्ता गठबन्धनतर्फका उम्मेद्वार नारायण दाहाल राष्ट्रियसभा अध्यक्षमा निर्वाचित भएका हुन्।

images
images

काठमाडौं- राष्ट्रियसभा अध्यक्षमा नेकपा माओवादी केन्द्रका सांसद नारायणप्रसाद दाहाल निर्वाचित भएका छन्। 

images
images
images

सत्ता गठबन्धनतर्फका उम्मेद्‌वार दाहाल बहुमतसहित अध्यक्षमा निर्वाचित भएका हुन्। उनको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो।

images

सांसद दाहालका प्रस्तावक नेकपा (माओवादी केन्द्र) का सांसद गोपीबहादुर सार्की अछामीले प्रस्ताव प्रस्तुत गरेका थिए। 

images

अध्यक्षका लागि नेपाली कांग्रेसको तर्फबाट युवराज शर्मा उम्मेदवार थिए।

images
images

राष्ट्रियसभामा माओवादीका १८, कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ जसपाका ३ र लोसपाका एक सांसद छन्। दाहाललाई माओवादी, एमाले, जसपा र एकीकृत समाजवादीको साथ थियो भने लोसपाको मत कांग्रेसको पक्षमा थियो।

निर्वाचनमा ५६ सांसद उपस्थित थिए।

images

प्रकाशित : मंगलबार, फागुन २९ २०८००१:२२

प्रतिक्रिया दिनुहोस