आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

भारतको २ करोड ८९ लाख आर्थिक सहयोगमा केदार ज्योतिपुञ्ज क्याम्पसको भवन निर्माण हुने

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, फागुन २९ २०८०
images
भारतको २ करोड ८९ लाख आर्थिक सहयोगमा केदार ज्योतिपुञ्ज क्याम्पसको भवन निर्माण हुने

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

images
images

दिपायल- भारत सरकारको आर्थिक सहयोगमा डोटी जिल्लाको बडीकेदार गाउँपालिकास्थित श्री केदार ज्योतिपुञ्ज बहुमुखी क्याम्पसको भवन निर्माण हुने भएको छ।

images
images
images

‘नेपाल-भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको २ करोड ८९ लाख रुपैयाँ आर्थिक सहयोगमा सुविधासम्पन्न दुई  तल्ले क्याम्पस भवन निर्माण हुने भएको हो। भवनको सोमबार शिलान्यास गरिएको छ।

images
images

क्याम्पस भवनको काठमाडौंस्थित भारतीय राजदूतावासका द्वितीय सचिव प्रशान्त कुमार सोना र गाउँपालिका अध्यक्ष भैरव बहादुर साउदले शिलान्यास गरेका हुन्।

images
images

भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौता अन्तर्गत यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रुपमा अघि बढाइएको हो।

परियोजना बडीकेदार गाउँपालिका, डोटीमार्फत कार्यान्वयन गरिने जनाइएको छ। गाउँपालिकाका अध्यक्ष साउदले प्राथमिकताका क्षेत्रमा नेपाली जनताको उन्नतिका लागि भारत सरकारले पुर्याउदै आएको निरन्तर विकास सहयोगको प्रशंसा गरे।

सन् २००३ यता नेपालका विभिन्न क्षेत्रमा ५५० वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाइएका छन् र ४८८ वटा परियोजना सम्पन्न भइसकेको काठमाडौंस्थित भारतीय दूतावासले जनाएको छ।

सुदूरपश्चिम प्रदेशमा मात्रै ४० वटा परियोजना रहेका छन् जसमा ४ वटा परियोजना डोटीमा छन्।

भारत सरकारले स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई ९७४ वटा एम्बुलेन्स र २३४ वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ जसमध्ये सुदूरपश्चिम प्रदेशलाई ६० वटा एम्बुलेन्स र २० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिएको छ।

यसमा ८ वटा एम्बुलेन्स र २ वटा स्कुल बस डोटी जिल्लालाई उपलब्ध गराइएको दूतावासले जनाएको छ।


प्रकाशित : मंगलबार, फागुन २९ २०८०१०:०१
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend