बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

मोटरसाइकल मोडिफाइ गरेर चलाउने ७५० चालक कारबाहीमा

images
सोमबार, फागुन २८ २०८०
images
images
मोटरसाइकल मोडिफाइ गरेर चलाउने ७५० चालक कारबाहीमा

स्वरुप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाई समेत कारबाही गर्न सुरु गरिएको छ।

images
images

गण्डकी- पोखरामा गत साउनयता मोटरसाइकलको स्वरुप परिवर्तन (मोडिफाइ) गरेर चलाउने सातसय ५० जना चालक कारबाहीमा परेका छन्। आइतबारमात्र स्वरुप परिवर्तन गरिएका १२ वटा मोटरसाइकलाई नियन्त्रणमा लिइएको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ।

images
images
images

पछिल्लो समय त्यस्ता मोटरसाइकल चालकविरुद्ध प्रहरीले धमाधम कारबाही गर्न थालेको हो। कार्यालय प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार स्वरुप परिवर्तन गरिदिने वर्कसप सञ्चालकलाई समेत कारबाही गर्न सुरु गरिएको छ।

images

'पोखराका विभिन्न ठाउँबाट पक्राउ परेका आठजना वर्कसप सञ्चालकलाई सम्झाइबुझाइ गरी आगामी दिनमा मोटरसाइकलको स्वरुप परिवर्तन नगरिदिने प्रतिबद्धता गराएर छाडिएको छ', उनले भने, 'मोटरसाइकल वर्कसप पनि हाम्रो निगरानीमा छन्।'

images
images
images

स्वरुप परिवर्तन गरिएका मोटरसाइकलले ध्वनि प्रदूषण र दुर्घटनाको जोखिम बढाएकाले प्रचलित कानूनअनुसार कारबाही गरिएको प्रहरी निरीक्षक शर्माले बताए। 'स्वरुप परिवर्तन गरेर चलाउने दुईपांग्रे सवारीविरुद्ध कारबाहीको अभियान नै चलाइएको छ', उनले भने, 'कतिपयलाई ट्राफिक नियमअनुसार जरिवाना गर्छौ, कोहीलाई थप कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको छ।'

पहिलोपटक नियन्त्रणमा लिइएकालाई मोटरसाइकललाई आफ्नै स्वरुपमा फर्काउन लगाइ जरिवाना तिराएर छाड्ने गरिएको छ। पटक-पटक पक्राउ पर्नेलाई भने सवारी तथा यातायात व्यवस्था ऐनअनुसार कारबाहीका लागि यातायात व्यवस्था कार्यालय पठाउने गरिएको प्रहरीले जनाएको छ। स्वरुप परिर्वतन गरिएको दुईपांग्रे सवारीको कारबाहीबाट चालु आवमा सात लाख ५० हजार रूपैयाँभन्दा बढी जरिवाना रकम उठेको प्रहरी निरीक्षक शर्माले जानकारी दिए।

मोटरसाइकलनमा अनावश्यक रंगरोगन गर्ने, लुकिङग्लास, सक, ह्याण्डल, इञ्जिनलगायत परिवर्तन गर्ने, चर्को ध्वनि निकाल्ने पाटपुर्जा जडान गर्ने चालकलाई नियन्त्रणमा लिने गरिएको उनको भनाइ छ। पोखरामा ट्राफिक नियमलाई चुनौती दिँदै स्वरुप परिवर्तन गरेर मोटरसाइकल चलाउने बढेपछि त्यसविरुद्ध प्रहरीले सक्रियता बढाएको हो। रासस


प्रकाशित : सोमबार, फागुन २८ २०८०१७:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend