बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

एमसीसीअन्तर्गत निर्माण हुने सबस्टेशनको ठेक्का भारतीय कम्पनीले पाउने

images
सोमबार, फागुन २८ २०८०
images
images
एमसीसीअन्तर्गत निर्माण हुने सबस्टेशनको ठेक्का भारतीय कम्पनीले पाउने

प्रसारण लाइन ठेक्कामा लागत अनुमानभन्दा उच्च अंक प्रस्तावित भएपछि एमसीएले ठेक्का प्रक्रिया नै रद्द गरेको थियो। सबस्टेशन निर्माणका लागि कति रकम अनुमान थियो भन्ने विषय भने सार्वजनिक भएको छैन।

images
images

काठमाडौं- मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत तीनवटा सबस्टेशन बनाउने ठेक्का दुई भारतीय कम्पनीले पाउने भएका छन्।

images
images
images

एमसीसी सम्झौता कार्यान्वयन गर्न गठित एमसीए नेपालले खोलेको ठेकेदारहरूको आर्थिक प्रस्तावअनुसार भारतीय कम्पनीहरू टेक्नो इलेक्ट्रिक एन्ड इन्जिनियरिङ कम्पनी लिमिटेड र लिन्सन इण्डिया छनोट हुने भएका हुन्। 

images

एमसीए नेपालका अनुसार तीनवटा लटमा बाँडिएको ठेक्काका लागि टेक्नोले लट १ र ३ का लागि बोलपत्र पेश गरेको थियो। जसअनुसार उसले लट १ बनाउन ५ करोड १७ लाख डलर र लट ३ बनाउ ३ करोड ९८ लाख डलर प्रस्ताव गरेको छ। जब कि लट १ बनाउन सिमेन्स इण्डिययाले ६ करोड ७६ लाख डलर र केइसीले ७ करोड २९ लाख डलर प्रस्ताव गरेका छन्। यसअनुसार न्यूनतम प्रस्ताव गर्ने टेक्नो छानिने निश्चित जस्तै भएको हो। 

images
images
images

लट ३ का लागि टेक्नोसँग प्रतिस्पर्धा गरेको सिमेन्सले ५ करोड २३ लाख डलर र केइसीले ४ करोड ८४ लाख डलर प्रस्ताव गरेका छन्। यसमा पनि न्यूनतम प्रस्ताव गर्ने टेक्नो नै छानिने देखिएको हो। 

लट २ का लागि टाटाले ६ करोड २५ लाख डलर, नेशनल कन्ट्रयाक्टिङ कम्पनीले ६ करोड ११ लाख डलर, सिमेन्सले ४ करोड ५४ लाख डलर र केइसीले ४ करोड ३९ लाख डलर प्रस्ताव गरेका छन्। यो लटका लागि सबैभन्दा कम प्रस्ताव गर्ने लिन्सन नै छानिने निश्चित भएको छ। 

एमसीएले आवश्यक प्रक्रिया पूरा गरेपछि ठेक्का सम्झौता गर्न बोलाउनेछ। 

प्रसारण लाइन ठेक्कामा लागत अनुमानभन्दा उच्च अंक प्रस्तावित भएपछि एमसीएले ठेक्का प्रक्रिया नै रद्द गरेको थियो। सबस्टेशन निर्माणका लागि कति रकम अनुमान थियो भन्ने विषय भने सार्वजनिक भएको छैन।


प्रकाशित : सोमबार, फागुन २८ २०८०१५:४४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend