आइतबार, वैशाख २८ गते २०८२    
आइतबार, वैशाख २८ २०८२
images
images

कालीगण्डकी करिडोर : सुक्खा पहिरोले अवरुद्ध बागलुङ-गुल्मी खण्ड सञ्चालनमा

images
सोमबार, फागुन २८ २०८०
images
कालीगण्डकी करिडोर : सुक्खा पहिरोले अवरुद्ध बागलुङ-गुल्मी खण्ड सञ्चालनमा

शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए। दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको छ।

images
images

बलेवा- सुक्खा पहिरोका कारण शनिबार दिउँसोदेखि अवरुद्ध कालीगण्डकी करिडोरको बागलुङ-गुल्मी खण्ड सञ्चालनमा आएको छ। करिडोर कालोपत्रको काम गरिरहेको कालिका कन्ट्रक्सनले पहिरो पन्छाएपछि आजदेखि सडक सञ्चालन भएको हो।

images
images
images

कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाका अनुसार बागलुङ र गुल्मी जिल्लाको सिमानामा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका-६ बरलवाको भिरमा पहिरो खसेको थियो। सडक सञ्चालन भएसँगै लामो तथा छोटो दुरीका सवारी सञ्चालनमा आएका छन्।

images
images

पहिरोले बागलुङ-गुल्मी खण्डअन्तर्गत मालढुङ्गा-अर्वेनी सडक पूर्णरुपमा अवरुद्ध थियो। यसअघि फागुन ११ गते राति खसेको सुक्खा पहिरोका कारण करिडोर एक साता बन्द भएको थियो। बागलुङको मालढुंगादेखि गुल्मीको अर्बेनीसम्म ५४ किलोमिटर खण्ड कालोपत्रका लागि स्तरोन्नतिको काम भइरहेको छ।

images
images

शनिबारदेखि उक्त खण्डमा मालबाहक ट्रक अलपत्र परेका थिए। दुईतर्फी स्काभेटर प्रयोग गरेर चट्टान फोडेपछि सडक सञ्चालनमा आएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनका इन्जिनियर छकबहादुर गुरुङले बताए। रासस


प्रकाशित : सोमबार, फागुन २८ २०८०१३:१६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend