बिहीबार , माघ ३ गते २०८१    
बिहीबार , माघ ३ २०८१
images
images

लुकाइछिपाइ ल्याएको ११ लाख रकमसहित चारजना पक्राउ

images
आइतबार, फागुन २७ २०८०
images
images
लुकाइछिपाइ ल्याएको ११ लाख रकमसहित चारजना पक्राउ

चारजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन्।

images
images

मनहरि- मकवानपुर प्रहरीले लुकाइछिपाइ ल्याएको ११ लाख ५० हजार रूपैयाँसहित चारजनालाई नियन्त्रणमा लिएको छ।

images
images
images

पूर्व-पश्चिम सडक खण्डअन्तर्गत हेटौँडा-१५ स्थित प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा वीरगञ्जबाट नारायणघाटतर्फ जाँदै गरेको बीआर ०१ एआर २९९१ नम्बरको इन्डियन कारलाई शंका लागेर रोकी जाँच गर्ने क्रममा उक्त कारको सिटमुनि लुकाइछिपाइ ल्याएको अवैध रकमसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

images

पक्राउ परेकाको साथबाट एक हजार ४२ थान भारतीय पाँच सयको नोट अन्दाजी पाँच लाख २१ हजार, दुई सयका ९३ थान, १८ हजार ६ सय, एक सयका ९३ थान, नौ हजार ३००, ५० को नोट चार थान गरी जम्मा भारतीय पाँच लाख ४९ हजार १०० र नेपाली रुपैयाँ हजारको नोट १५० थान, ५०० को दुईसय थान गरी नेपाली दुई लाख ५० हजार फेला परेको हो।

images
images
images

रकमसँगै कार चालक भारत विहार राज्य सीतामणि थाना ९९ भूभैरवो बस्ने वर्ष ३० का राकेशकुमार र सोही कारमा सवार वर्ष ३० को चन्द्रबाबु, वर्ष ३७ को अशोक राय, जिल्ला सुनसरी कोशी गाउँपालिका-४ बस्ने वर्ष ३२ को निजाम मियाँसमेत चारजनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिइन्। रासस


प्रकाशित : आइतबार, फागुन २७ २०८०१६:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend